२१ दिने साइकलिङ च्यालेन्जको उपाधि सुनिल सुवालले हात पारेका छन् ।
च्यालेन्जमा कुल ६ हजार नौ सय अंकसहित प्रथम स्थान हासिल गरेर उनले प्याङ्क कस्टम माउन्टेन बाइक पुरस्कार हासिल गरे । दोस्रो स्थानमा सुधीर पराजुलीले इन्डकसन हिटर पुरस्कार हासिल गरे । तेस्रो र चौथो स्थान हासिल गर्न सफल क्रमशः विकास तमाखु र निशान त्वायनाले ताम्राकार कर्पोरेट ग्रुपको तर्फबाट वाटर बोटल प्राप्त गरे ।
च्यालेन्जमा मोस्ट कन्सिस्टेन्त राइडरको उपाधि निर्जला कोजु, कमिनिका न्याइच्याई र निर्मला कुटुवले हासिल गर्दै जुजु बाइक्सकोतर्फबाट विषेश उपहार प्राप्त गरे । साइकलप्रति अभिरूचि बढाउन साइकल कनेक्ट भक्तपुरले च्यालेन्जको आयोजना गरेको थियो ।
१६ जना सहभागी रहेको उक्त च्यालेन्जमा हरेक दिन कम्तीमा २ किमी साइकल चलाउनुपर्ने र साथसाथै अन्य विभिन्न कार्य गर्नुपर्ने थियो । जसअनुरूप सहभागीले अंक प्राप्त गर्ने रोचक प्रतिस्पर्धा रहेको थियो । प्याङ्क बाइक, ताम्राकार कर्पोरेट ग्रुप, जुजु बाइक्स तथा नेपाल इको प्यानेलको सहयोगमा आयोजना गरिएको उक्त च्यालेन्जमा १६ जना मध्य १४ जनाले च्यालेन्ज सफलतापूर्वक पुरा गरेका थिए ।
प्रतिक्रिया