यूईएफए नेसन्स लिग फुटबलः इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल

यूईएफए नेसन्स लिग फुटबलः इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल

केन्द्रबिन्दु
0
Shares

दश खेलाडीमा सिमित इंग्ल्यान्डविरुद्ध यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हंगेरीले ४–० को सहज जित निकालेको छ।  

हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक/एक गोल गरे। खेलको ८२औं मिनेटमा इंग्ल्यान्डका जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहिरिएका थिए। 

जितसँगै हंगेरी समूह ए ३ मा ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। इंग्ल्यान्ड ४ खेलमा २ अंक जोडेर पुछारमा छ।

Logo