हङकङद्धारा नेपाल ७ विकेटले पराजित

हङकङद्धारा नेपाल ७ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

मलेसियामा जारी एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालाई हङकङले ७ विकेटले पराजित गरेको छ । नेपालले दिएको ११० रनको लक्ष्य हङकङले १५ दशमलव ५ ओभरमा तीन विकेटको क्षतिमा पुरा गरेको हो ।
किनरारा ओभल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३१ रनको योगदान गरिन् । त्यस्तै इन्दु बर्माले २३ रन बनाउँदा अप्सरी बेगमले १९ रन जोडिन् ।
जितको लागि १ सय १० रनको विजयी लक्ष्य पछ्याएको हङकङकी मारिको हिलले ३२ बलमा ९ चौकासहित सर्वाधिक ४५ रनको योगदान दिईन् । बेल्ला पुन १० बलमा २ चौकासहित ९ रनमा आउट भइन् । ओपनर पुन र हिलले ३ ओभरमा २८ रन जोड्दै उत्कृष्ट सुरुवात गरिन । पुन सीता रानामगरको बलमा एलबीडब्लू आउट हुन पुगिन् । भने दोस्रो विकेटका लागि नताशा मिल्स र हिलले ४३ रनको साझेदारी गर्दै हङकङको जित पक्का गराए ।
बलिङतर्फ हङकङका लागि बेटे सनले दुई विकेट लिइन् । त्यस्तै मारियान विवि र इल्से हुबार्डले एक–एक विकेट लिइन् । 

Logo