२२ वर्षपछि श्रीलंकालाई अष्ट्रेलियाविरुद्ध शृङ्खला

२२ वर्षपछि श्रीलंकालाई अष्ट्रेलियाविरुद्ध शृङ्खला

केन्द्रबिन्दु
0
Shares

अष्ट्रेलिया र श्रीलंकाबीच जारी पाँच खेलको एकदिवसीय श्रृङ्खलामा श्रीलंकाले उपाधि कब्जा गरेको छ । पाँच खेलको श्रृंखलाको चौथो खेलमा हराएसँगै श्रीलंकाले एक खेलअघि नै श्रृंखला जितेको हो ।

 श्रीलंकाले श्रृंखलामा ३-१ को अग्रता बनाइसकेको छ । श्रीलंकाले घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलिया विरुद्धको एक दिवसीय श्रृंखला जितेको हो । अन्तिम पटक श्रीलङ्काले सन् २०१० मा शृङ्खला जितेको थियो  ।

 कोलम्बोको घरेलु मैदानमा भएको चौथो खेलमा श्रीलंका चार रनले विजयी भयो । पहिले ब्याटिङ गरेर श्रीलङ्काले २५८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले २५४ रन मात्र बनायो । अष्ट्रेलियाले विकेट जोगाउन नसक्दा  पकडमै रहेको खेल गुमाएको हो ।

 श्रीलङ्काका लागि चरिथ असालाङ्काले ११० रनको पारी खेले। अष्ट्रेलियाका डेभिड वार्नर शतक बनाउन एक रनले चुके । यी दुई टोलीबीचको अन्तिम खेल शुक्रबार हुनेछ ।
 

Skip This
Skip This
Logo