विश्व फुटवलमा नेपालको वरियता ८ स्थान तल खस्कियो

विश्व फुटवलमा नेपालको वरियता ८ स्थान तल खस्कियो

केन्द्रबिन्दु
0
Shares

नेपाल फिफा वरीयतामा एकै पटक ८ स्थान तल झदै १७६ औँ स्थानमा पुगेको छ । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज जारी गरेको विश्व वरीयतामा नेपालको वरीयता ८ स्थान तल खस्किएको हो । यसअघि मार्चमा जारी गरिएको वरीयतामा नेपाल १६८ औं स्थानमा थियो । 

नेपालले भर्खरै मात्र एएफसी एसियन कपको तेस्रो चरणको छनोट खेल खेलेको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २–०, कुवेतसँग ४–१ र तेस्रो तथा अन्तिम खेलमा इन्डोनेसियासँग ७–० गोलले पराजित भएको थियो । नेपालको यहि कमजोर प्रदर्शनको आधारमा नेपालको वरीयता खस्किएको हो । 

फिफाको नयाँ वरीयता अनुसार शीर्षमा ब्राजिल पहिलो बेल्जियम दोस्रो र तेस्रोमा अर्जेन्टिना रहेका छन् । एसियाली वरीयतामा ३५ औं स्थानमा रहेको नेपाल दक्षिण एसियाली वरियतामा तेस्रो स्थानमा रहेको छ ।

भारत  एशियाली राष्ट्रमा १०४ औं स्थानमा र दक्षिण एशियाली राष्ट्रहरुमध्ये शिर्ष स्थानमा छ । वरीयतामा नेपालभन्दा तल भुटान १८६, बंगलादेश १९२, पाकिस्तान १९६ र श्रीलंका २०७ औं स्थानमा छन ।
 

Logo