अन्तिम खेलमा अष्ट्रेलियाको जित

अन्तिम खेलमा अष्ट्रेलियाको जित

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलमा अष्ट्रेलियाले चार विकेटको जित निकालेको छ । 

कोलम्बोमा शुक्रबार रातिको खेलसँगै घरेलु टोली श्रीलंकाले पाँच खेलको शृंखलामा अष्ट्रेलियालाई ३-२ ले हरायो  । श्रीलंकाले दिएको १६१ रनको लक्ष्य अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो  । अष्ट्रेलियाका एलेक्स केरीले सर्वाधिक ४५ रन जोडे ।

यस्तै, मार्नुस ३१ रनको योगदान गरे । श्रीलंकाका दिनुथले सर्वाधिक  ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३ ओभर १ बलमा सबै विकेट गुमाउँदै  १६० रन बनाएको थियो । श्रीलंकाका चामिका करुनारत्नेले सर्वाधिक ७५ रन बनाए । कुशल मेन्डीसले २६ रनको योगदान गरे ।

Logo