दोहोरो स्वर्ण पदक विजेता जयरानीले बनाइन् नयाँ कीर्तिमान

दोहोरो स्वर्ण पदक विजेता जयरानीले बनाइन् नयाँ कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको दशरथ रंगशालामा शनिबार भएको ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले ४०० मिटर हर्डल्समा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

धनगढीमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुदमा सविता चौधरीको १० वर्ष पुरानो कीर्तिमान तोड्दै जयरानीले यो कोसेढुङ्गा बनाएकी हुन् ।
चौधरीले ०१ मिनेट ०७.२ सेकेण्डमा दौड पूरा गरी दशक पुरानो कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेकी हुन् । यसअघि सन् २०१२ मा धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमा सशस्त्र प्रहरी बल (एपीएफ)की सविता चौधरीले १ मिनेट ०७.७ सेकेण्डमा दुरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

त्यसैगरी ४०० मिटर हर्डल्स दौडमा टीएसीकी निर्मला थापाले १ मिनेट ८.७ सेकेण्डमा दौड पूरा गरी रजत पदक जितिन् भने एपीएफकी कल्पना श्रेष्ठले ९ मिनेट ७ सेकेण्डमा दुरी पूरा गर्दै कास्य पदक जितेकी छन् ।
यस्तै पुरुषतर्फ ४०० मिटर हर्डल्समा एपीएफका रामप्रसाद थारुले स्वर्ण जितेका छन् । थारुले ५६.०७ सेकेन्डमा दौड पूरा गरी स्वर्ण पदक चुम्बन गरेका थिए भने उनका सहयात्री जीवन थारुले ५६.०७ सेकेण्डमा दौड पूरा गरी रजत पदक र मधेस प्रदेशका मुकेश थारुले ६५.०१ सेकेण्डमा दौड पूरा गरी कास्य पदक जितेका थिए ।

त्यसैगरी महिला लङजम्पमा जयरानीले पनि ५ दशमलव १३ मिटर जम्प गरेर स्वर्ण जितेकी छन् भने एपीएफकी शिला चौधरीले ५ दशमलव ३ मिटर जम्प गरेर रजत पदक जितेकी छन् भने नेपाल पुलिस क्लबकी सिमा चौधरीले कास्य पदक जितेकी छन् । पुरुष लङजम्पमा एपीएफका सलिम दिवामले स्वर्ण जिते । सलिमले ६ दशमलव ८५ मिटर हाम फालेर स्वर्ण पदक जितेका थिए भने टीएसीका शेरबहादुर विष्टले ६.७५ मिटर जम्प गरेर रजत पदक जितेका थिए भने लुम्बिनी प्रदेशका सुदीप थारुले ६ दशमलव ६५ मिटर हाम फालेर कास्य पदकमै चित्त बुझाउनु परेको थियो ।

 

Logo