लिग-२ का लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा

लिग-२ का लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा

केन्द्रबिन्दु
0
Shares

स्कटल्यान्डमा आगामी असार २९ गतेदेखि हुने विश्वकप लिग-२ तथा क्यानडा भ्रमणका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

स्कटल्यान्डमा हुने प्रतियोगिताअघि नेपालले क्यानडाको स्थानीय क्लबसँग एउटा अभ्यास खेल र क्यानडाको राष्ट्रिय टोलीसँग २ म्याचको एकदिवसीय सिरिज खेल्नेछ । 

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टिमको उपकप्तानमा रोहित पौडेलले निरन्तरता पाएका छन् । अमेरिका भ्रमणमा रहेका २ जनालाई आराम दिँदै क्यानले नयाँ दुई अनुहारलाई मौका दिएको छ । 

पवन सर्राफले टोलीमा पुनरागमन गर्दा वासिर अहमदले एकदिवसीय टोलीमा पहिलो पटक मौका पाएका छन् । सागर ढकाल र सुसन भारी स्कटल्यान्ड भ्रमणमा परेनन् ।  

नेपाली टिममा कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल काकी, आदिल अन्सारी, वासिर अहमत, किशोर महतो, पवन सरार्फ, बिनोद भण्डारीले स्थान बनाएका छन् । 

नेपालले स्कटल्यान्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ । सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल असार २७ (जुलाई ११) मा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध असार २९ (जुलाई १३) गते मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध असार ३२ (जुलाई १६) गते र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध साउन १ (जुलाई १७) गते खेल्ने तालिका रहेको छ । सो अघि नेपालले क्यानडाको स्थानीय क्लबसँग असार १७ गते अभ्यास खेल खेल्नेछ । क्यानडासँगको सिरिज भने असार २० र २१ गते हुनेछ । 

Logo