इंग्ल्यान्डका लागि एक दिवसीय विश्वकप विजेता मोर्गनको सन्यास

इंग्ल्यान्डका लागि एक दिवसीय विश्वकप विजेता मोर्गनको सन्यास

केन्द्रबिन्दु
0
Shares

इंग्ल्यान्डका एकदिवसीय तथा टी-२० विश्वकप क्रिकेट विजेता इयोन मोर्गनले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएका छन् । 

३५ वर्षीय इंग्लिस टोलीका कप्तान मोर्गानले १६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट खेलजीवनबाट सन्न्यास लिने सही समय आएको बताएका छन् । उनी इंग्ल्यान्डका लागि एकदिवसीय विश्वकप जित्ने पहिलो खेलाडी पनि हुन् । उनी सन् २००९ मा इंग्ल्याण्डबाट खेल्नु अघि मोर्गनले आयरल्याण्डबाट पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । लामो समयदेखि खराब फर्म र चोटसँग लडिरहेका कारण मोर्गनको निर्णय स्वाभाविक लिइएको छ । उनले घरेलु क्रिकेट लिग भने खेल्न जारी राख्ने छन् ।  

मोर्गनको कप्तानीमा इंग्ल्याण्डले २०१९ मा पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । उनकै नेतृत्वमा इंग्ल्याण्ड एक दिवसीय र टी–२० वरीयतामा शीर्ष स्थानमा पुगेको थियो । मोर्गन इंग्ल्याण्डका लागि एकदिवसीय र टी-२० मा सर्वाधिक खेल खेल्ने र रन बनाउने खेलाडी हुन् । 

उनले इंग्ल्यान्डका लागि २२५ एकदिवसीयमा ६ हजार ९५७ र ११५ टी-२० मा २ हजार ४५८ रन बनाएका छन् । ‘क्रिकेटबाट टाढिनु त्यति सहज निर्णय होइन, तर मलाई थाहा छ, यो नै सन्यास लिने सही समय हो,’ सन्यासको घोषणा गर्दै मोर्गानले भने, उनी थप्छन ‘१६ वर्ष इंग्लिस टोलीमा गर्विलो वर्ष बिताए  ।’ 
 

Logo