ओन्टारियोविरुद्ध नेपाल टस जितेर ब्याटिङ गर्दै

ओन्टारियोविरुद्ध नेपाल टस जितेर ब्याटिङ गर्दै

केन्द्रबिन्दु
0
Shares

क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । 

ओन्टारियो क्रिकेट क्लब विरुद्धको टी–२० खेलमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । यद्यपि कप्तान सन्दीप र आशिफ शेख वैकल्पिक खेलाडीमा रहेका छन् । यस अघि नेपालले ओन्टारियोलाई एकदिवसीय खेलमा ६९ रनले पराजित गरेको थियो । खेलपछि नेपालले मंगलबार र बुधबार क्यानडासँग दुई एकदिवसीय श्रृंखला खेल्नेछ ।

यसपछि नेपाली टिम आइसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाका लागि स्कटल्यान्ड प्रस्थान गर्नेछ । 

Logo