एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा ९६ टिम

एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा ९६ टिम

केन्द्रबिन्दु
0
Shares

ऋत एकेडेमीको आयोजनामा ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ८० र महिलातर्फ १६ गरी ९६ टिमको सहभागिता रहने ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जानकारी गराए । 

पुरुष तथा महिलातर्फको शीर्ष तीन स्थान हात पार्नेले क्रमशः सात हजार, पाँच हजार र तीन हजार पाँच सय नगद पुरस्कार पाउनेछन् । यस्तै शीर्ष तीन स्थान हात पर्ने प्रत्येक टोलीका खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत लामाले जानकारी दिए । 

नकआउट आधारमा हुने दुई दिने प्रतियोगिताका खेलहरू बसुन्धारास्थित आयोजक ऋतको आफ्नै बास्केटबल कोर्टमा हुनेछ ।

Logo