यू–१७ को प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

यू–१७ को प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

केन्द्रबिन्दु
0
Shares

यू–१७ राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन् ।

ए डिभिजन क्लब थ्री स्टारका प्रमुख प्रशिक्षक रहेका उर्जनलाई  यू–१७ राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईले जानकारी दिए ।

एन्फाले  यू–१७ टोली निर्माणका लागि खुल्ला छनोट मार्फत खेलाडी छनोट गरिरहेको छ । खेलाडी छनोट साउन २० गतेसम्ममा सकिने राईले जानकारी दिए । श्रेष्ठले २०१६ मा प्रशिक्षणमा  ‘ए’ लाइसेन्स् प्राप्त गरेका थिए । उनले २०२१ मा थ्री स्टार क्लबको जिम्मेवारी लिएका थिए । उनले जिम्मेवारी लिएपछि थ्री स्टारले बाग्मती गोल्डकप फुटबलको उपाधि जितेको थियो ।

Logo