मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारीदेखि कोरोना खोप छिट्टैै बन्नेसम्म (भिडियोसहित)

मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारीदेखि कोरोना खोप छिट्टैै बन्नेसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् । नेकपाभित्रको विवाद समाधान गर्न गत साउन ३० मा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । सो कार्यदलले सरकारको कामलाई प्रभावकारी बनाउन संघ र प्रदेश मन्त्रिमण्डल पुनर्गठन गर्न सुझाव दिएको थियो । कार्यदलको सुझावअनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् ।

त्यस्तै कोरोनाका कारण विभिन्न उद्योग, व्यापार व्यवसाय, पर्यटन लगायतका विभिन्न क्षेत्र ठप्प हुँदा डिजिटल कारोबार भने उल्लेख्य मात्रामा बढेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ असार मसान्तसम्मको तथ्यांकले डिजिटल कारोबार उल्लेख्य रुपमा वृद्धि भएको देखिएको हो ।

एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि भएको कुटपिटमा राष्ट्रिय खेलकुद परिषद्ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राखेपले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

त्यस्तैगरी देशमा कारोनाको जोखिम बढ्दै जाँदा अधिकांस स्थानमा निषेधाज्ञा र लकडाउन गरिएको छ । तर जारी निषेधाज्ञा र लकडाउनमा पनि अनावश्यक हिँडडुल र सवारी चलाउने क्रम नरोकिएको प्रहरीले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप सन् २०२१ को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गरेका छन् । नेपालमा कोभिड–१९ को अवस्था र बच्ने उपायका बारेमा कुराकानी गर्दै उनले धेरै देश खोपको अध्ययनमा लागेकाले विश्वले त्यो सफलता चाँडै नै प्राप्त गर्ने धारणा राखेका हुन् । उनले खोप बनेपछि गरिब देशले पनि सहुलियतमा वा निःशुल्क रूपमा पाउनेमा विश्वास व्यक्त गरे । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo