नेपाल र बंगलादेशबीचको खेल बराबरीमा सकियो

नेपाल र बंगलादेशबीचको खेल बराबरीमा सकियो

केन्द्रबिन्दु
0
Shares

साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश बराबरीमा सकिएको छ । 

बंगलादेश विरुद्ध पुनरागमन गर्दै १–१ को बराबरीमा रोकेपछि नेपालले अंक तालिकामा एक खेल कम खेलेको भारतलाई पछि पारेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल र बंगलादेशबीचको पहिलो हाफ बराबरीमा टुङ्गिएको थियो ।
खेलको दोस्रो हाफको ६३ मिनेटमा बंगलादेशका लागि मोहमद रफिकुलले अग्रता दिलाएका थिए । तर बंगलादेशले अग्रता बनाएको ५ मिनेट बित्न नपाउदै नेपालका निरन्जन मल्लले बराबरी गोल फर्काए । 

बराबरी खेलेसँगै नेपालले अंक तालिकामा हाललाई एक खेल कम खेलेको भारतलाई भने उछिनेको छ । नेपालको फाइनल पुग्ने सम्भावना अब भारत र माल्दिभ्सको खेलमा निर्भर हुनेछ । माल्दिभ्सले भारतलाई हराएको खण्डमा नेपाल फाइनल पुग्नेछ । भारतको बराबरी वा जितले भने नेपालको यात्रा समूह चरणमा नै सकिनेछ ।

नेपालले चार खेलबाट ७ अंक जोडेको छ भने भारतकाे तीन खेलबाट ६ अंक छ । समान ४ खेलबाट १० अंक जोडेको बंगलादेश शिर्ष स्थानमा छ ।

Logo