वेस्ट इन्डिजबिरुद्ध एक खेलअघि नै भारतलाई शृंखला

वेस्ट इन्डिजबिरुद्ध एक खेलअघि नै भारतलाई शृंखला

केन्द्रबिन्दु
0
Shares

वेस्ट इन्डिजलाई ५९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले पाँच  खेलको शृंखला एक खेल अघिनै ३-१ ले जितेको छ ।

अन्तिम खेल आज नै हुनेछ । १९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९.१ ओभरमा मात्र एक सय ३२ रनमा सीमित भयो । वेस्ट इन्डिजका लागि निकोलास पुरन र रोभमन पावेलले समान २४ रनको योगदान गरे ।  भारतका अर्शदिप सिंहले तीन तथा आभेस खान, अक्सर पटेल र रवि विस्नोइले समान दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङका लागि आएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९१ रनको योगफल खडा गरेको थियो । 

भारतका लागि ऋषभ पन्तले ४४, कप्तान रोहित शर्माले ३३ र सञ्जु सामनसनले अविजित ३० रन जोडे । वेस्ट इन्डिजका ओवेड म्याकोइ र अल्जारी जोसेफले समान दुई तथा एकिल होसेनले एक विकेट लिए ।

Logo