नव नियुक्त नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले २÷३ महिना भित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गरेका छन् । मुख्य प्रशिक्षक प्रभाकरले आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई २÷३ महिनामा नै सुधार गर्ने बताएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्रभावकरले पहिलो दिन आइतबार कीर्तिपुर स्थित त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सबै खेलाडीको ब्याटिङ हेरेको र उनीहरुमा भएको कमी कमजोरी भेटाएको भन्दै सुधार गर्ने वाचा गरे । प्रशिक्षक प्रभाकार क्यानेडियन प्रशिक्षक पुबुदु दाशानायकेको राजीनामा पछि प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोली सम्हाल्न शनिबार नेपाल आइपुगेका हुन् ।































प्रतिक्रिया