डिफेन्डर रानाले साफ च्याम्पियनसिप खेल्न नपाउने

डिफेन्डर रानाले साफ च्याम्पियनसिप खेल्न नपाउने

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका डिफेन्डर पुजा रानाले अर्को महिनाबाट हुने साफ महिला च्याम्पियनसिप गुमाउने भएकी छन । बायाँ खुट्टामा लागेका चोटका कारण अर्को महिनाबाट हुने खेल गुमाउने संभावना बढेको हो । 

दशरथ रंगशालामा हुने प्रतियोगिता भदौ २१ देखि असोज ३ गतेसम्म चल्नेछ । नेपालसँगै समूह बी मा भुटान र श्रीलंका रहेका छन् । तालिका अनुसार आयोजक नेपालले उद्घाटन खेलमा भुटानको सामना गर्नेछ । यसैबीच साफ च्याम्पीयनसीपका लागि ३५ सदस्यीय टोलीको टुंगो लागेको छ । 
 
गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ, कविता विक
डिफेन्डर : हिराकुमारी भुजेल, सिर्जना सिंह ठकुरी, गंगा गुरुङ, अमृता जैशी, गीता राना, पुजा राना, पुनम जर्घा मगर, निशा थोकर, सिर्जना चेम्जोङ, विमला विक, समिक्षा घिमिरे
मिडफिल्डर : विमला चौधरी, मन्जली कुमारी योन्जन, सविता रानामगर, प्रिती राई, सरु लिम्बु, दिपा राई, दिपा शाही, इन्दिरा राई, सरस्वती ऐर, अनिता बस्नेत, हिमा चौधरी, कुसुम खतिवडा
फरवार्ड : सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी, रश्मीकुमारी घिसिङ, रजनी थोकर, निर्मला विक, चन्द्रा भण्डारी

Logo