आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको सचिवालय सञ्चालनमा ल्याइएको छ ।
आईतवार पोखरा रंगशालामा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको उपस्थितिमा सचिवालयको उद्घाटन गरिएको हो ।
उद्घाटनपछि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण गतिविधि, तयारी र प्रतियोगिता अवधिभरको व्यवस्थापकिय काम सचिवालयबाट हुने जानकारी दिए ।
मन्त्री गहतराजले संघीय सरकारले आवश्यक बजेट निकासा गरिसकेको जानकारी गराउँदै राष्ट्रिय प्रतियोगितालाई सफल पार्नु तीनै तहको सरकारको साझा दायित्व रहेको बताए ।
उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो प्रदेशमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन गण्डकी प्रदेश लागि परेको बताए ।
सचिवालय उद्घाटन समारोहमा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने भनेकै खेलकुद क्षेत्र भएकाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सहयोग गर्न महानगरपालिका सबै हिसावले तत्पर रहेको बताए ।
असोज २८ गतेबाट सुरु हुने सो प्रतियोगिताका ३८ मध्ये २२ खेल पोखरामा खेलाउन प्रस्ताव गरिएको छ । बाँकी १६ खेल गण्डकी प्रदेशका अन्य १० जिल्लामा सञ्चालन गर्ने तयारी गरिएको छ । केही खेल भने काठमाडौंमा आयोजना हुने सम्भावना पनि रहेको छ ।





























प्रतिक्रिया