काठमाडौं उपत्यका आज १ हजार ६३० जना संक्रमित थपिए

काठमाडौं उपत्यका आज १ हजार ६३० जना संक्रमित थपिए


काठमाडौं ।
काठमाडौं उपत्यका आज १ हजार ६३० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नयाँ संक्रमितमा ७ सय २ जना महिला छन् भने ९ सय २८ जना पुरूष छन् । आज काठमाडौंमा १ हजार ३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ थपिए ।

यससँगै काठमाडौंमा ६४ हजार ५४६ जना कोरोना संक्रमित छन् । त्यसमध्ये ४८ हजार १८५ जना निको भइसकेका छन् । १६ हजार ११८ जना संक्रिय संक्रमित छन् । भक्तपुरमा ५ हजार ८७७ जना कोरोना संक्रमित छन् । ललितपुरमा ९ हजार ७५ जना कोरोना संक्रमित छन्। अब उपत्यकामा कूल संक्रमितको संख्या ७९ हजार ४९६ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ । आज मात्र २४ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार १५० छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । आज २ हजार ९३३ जना नयाँ संक्रमित थपिएका छन् ।

आजको पिसिआर परीक्षण १३ हजार ४४६ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १४ लाख ६९ हजार ८१२ रहेको छ । आज ३७ हजार ५२४ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo