पछिल्लो समय सूचना प्रविधिको विस्तारसँगै मानिसहरु पनि त्यसमा रम्दै गएका छन् ।
अझ भनौ प्रविधिले मानिसको जीवनमा परिवर्तन ल्याएको छ । झन्झटिला कामहरु विभिन्न एप्लिकेसन मार्फत हुँदै आएका छन् । त्यस्तै मानिसलाई झन्झट लाग्ने अर्को विषय हो हिसाव किताब राख्ने । हिसाब राख्नको लागि सहज बनाउन बीआइसी टेक्नोलोजीले अहिले नयाँ प्रविधि ल्याइसकेको छ । त्यो हो ‘टिग एप’ ।
टिग एप इन्जिनियरहरू, चार्टर्ड एकाउन्टेन्टहरू, वकिलहरू र व्यवस्थापन विशेषज्ञहरूको टोलीले कही समय अगाडि विकास गरेको हो । आधुनिक व्यापार समाधानहरू प्रदान गर्न यो एप निर्माण भएको हो । ‘टिग एप’ की को फाउण्डर प्रार्थना शाख यो एपले हिसाब किताबमा सहज बनाउने बताउँछिन् ।
उनी भन्छिन्, ‘हामीले आजको समयमा हुने कामलाई बुझेर नयाँ ढंगले अगाडि बढ्न खोज्यौं । हामीलाई थाहा छकि आजको काम अन–द–गो, सहयोगी र परिष्कृत डेटा सुरक्षा आवश्यक छ । त्यसैले नेपालका शीर्ष लेखा फर्महरूसँग मिलेर, हामीले नेपाली एसएमईहरूको वित्त र करहरू व्यवस्थापन गर्नका लागि टिग नामक क्लाउड–आधारित लेखा प्रणाली सिर्जना गर्यौं र उनीहरूलाई विकासको पछि लाग्न आवश्यक वास्तविक–समय व्यापार बुद्धिमत्ता पनि प्रदान गरेका छौं ।’
टिग साना तथा मझौला उद्यम लक्षित क्लाउड बेस्ड हिसाबकिताब राख्ने एकाउन्टिङ सफ्टवेयर हो जुन बीआइसी टेक्नोलोजीको प्रोडक्टका रुपमा प्रयोगमा आइरहेको छ । यो एप बीआईसी टेक्नोलोजीद्वारा सञ्चालन भैरहेको छ । यो एपले अफिसमा झन्झटिला भएका सम्पूर्ण अकाउण्टका कामहरु सहज हुने प्रार्थना बताउँछिन् ।
उनी भन्छिन्, ‘टिग नेपालमै बनेको क्लाउड प्रणालीमा आधारित व्यवसायको हिसाब किताब राख्न मिल्ने पहिलो सफ्टवेर हो। यसलाई धेरै व्यवसायले प्रयोग गरिसक्नु भएको छ र प्रयोगकर्ताको प्रतिक्रिया पनि सकारात्मक नै आएको छ । यो सफ्टवेर फेसबुकजस्तै सजिलैसँग चलाउन सकिन्छ । अकाउन्टसम्बन्धी सम्पूर्ण काम कम्प्युटर वा ल्याप्टप बाट जुनसुकै ठाउँमा बसेर गर्न सकिन्छ भने मोबाइल एपबाट पनि बिलको फोटो खिचेर हिसाब राख्न सुरु गर्न मिल्छ। उक्त सफ्टवेर आन्तरिक राजस्व विभागमा दर्ता भएकाले बिक्रि बिल बनाउने देखि करको विवरण बुझाउनेसम्म हरेक काम टिगबाटै गर्न सकिन्छ । त्यसैलै हामीले झन्झटिलो कामहरु सबैले गर्न सकियोस् भनेर सजिलो र सस्तो सेवा लिएर आएका हौं ।’
टिग प्रयोग गर्न वा डेमो हेर्नका लागी www.tiggapp.com मा गएर लगइन गर्न सकिन्छ ।





























प्रतिक्रिया