मर्दै गरेको ताराले पुरै ग्रह निल्यो

मर्दै गरेको ताराले पुरै ग्रह निल्यो

केन्द्रबिन्दु
0
Shares

वैज्ञानिकहरूले अहिलेसम्म धेरै प्रमाणहरू फेला पारेका छन् जसमा ताराहरूले आफ्नो वरपरका ग्रहहरूलाई निल्यो। तर उनीहरुले आफ्नै आँखाले देखेको भने यो नै पहिलो पटक हो । 

अध्ययनकर्ताहरुका अनुसार अबको केही वर्षमा सूर्यले हाम्रो पृथ्वीलाई यस्तै प्रकारले निल्नेछ। जसरी अहिले सूर्यको तापक्रम बढिरहेको छ । ५ अर्ब वर्षपछि पृथ्वीको पनि त्यस्तै हाल हुन सक्ने खगोलविद्हरू बताउँछन् । 

वैज्ञानिकहरुले यो दृश्य पृथ्वीभन्दा १३ हजार प्रकाश वर्ष टाढा दुरीमा देखेका थिए । उनीहरूले यस ग्रहको मृत्यु सेतो प्रकाशका रूपमा देखे । वैज्ञानिकहरुका अनुसार निलिएको ग्रह ग्यासले बनेको थियो। यो घटनासँग सम्बन्धित जानकारी नेचर जर्नलमा प्रकाशित छ । 

Logo