अब आईटी कम्पनीले तेस्रो मुलुकमा कार्यालय खोल्न पाउने

अब आईटी कम्पनीले तेस्रो मुलुकमा कार्यालय खोल्न पाउने

केन्द्रबिन्दु
0
Shares

सूचना प्रविधि सेवा निर्यात गर्ने उद्देश्यले खोलिएका कम्पनीहरूले अब विदेशमा सम्पर्क कार्यालय खोल्न पाउने भएका छन् ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत विदेशमा आईटी कम्पनीको शाखा खोल्न निश्चित रकमसम्मको मुद्रा सटही सुविधाको व्यवस्था मिलाइएको हो । 

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सूचना प्रविधि सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

“विदेशमा सम्पर्क कार्यालय खोल्न, सफ्टवेयर प्रोगाम तथा उपकरण खरिद गर्न उद्योगले आर्जन गरेको विदेशी मुद्राको १० प्रतिशतसम्म मुद्रा सटही सुविधा उपलब्ध गराइनेछ,” उनले भने । 

Logo