‘क्वालकम स्न्यापड्रागन एट जेन थ्री’ को पहिलो प्रयोग साओमीले गर्ने

‘क्वालकम स्न्यापड्रागन एट जेन थ्री’ को पहिलो प्रयोग साओमीले गर्ने

केन्द्रबिन्दु
0
Shares

धेरैैजसो एन्ड्रोइड फोनहरुले आफ्नो महत्वपूर्ण चिप सेटका लागि क्वालकममै सबैभन्दा धेरै निर्भर हुने गरेको छ । एन्ड्रोइडसँग क्वालकम जोडिएको पनि २५ वर्ष भइसकेको छ । सन् १९९८ मा पहिलो पटक एन्ड्रोइड फोनमा क्वालकम पिडिक्युबाट आफ्नो यात्रा सूरु गरेको क्वालकमले आउँदो अक्टोबर महिनाको अन्त्यतिर क्वालकमकै सबैभन्दा शक्तिशाली स्न्यापड्रागन एट जेन थ्री चिपसेट सार्वजनिक गर्ने भएको छ । कम्पनीका अनुसार नयाँ क्वालकमको मद्दतले डिभाइसको पफर्मेन्स र पावर एफिसियन्सी बढाउने छ ।

कम्पनीका अनुसार यो चिपसेट अक्टोबरको २४ देखि २६ तारिखअन्तर्गत एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिनेछ । रिपोर्टका अनुसार यो चिपसेट सबैभन्दा पहिले साओमीको १४औं सिरिजका स्मार्टफोनमा प्रयोग गरिनेछ ।

यसका लागि क्वालकमले सम्झौता पनि गरिसकेको छ । लगत्तै यो चिपसेट भिभोको एक्स१०० सिरिज, आईक्यूओओ स्मार्टफोनको १२ औं सिरिज, रेड्मीको के७० सिरिज, वानप्लसको १२ औं  सिरिज र रियलमीको जीटीफाइभमा पनि प्रयोग गरिने तय भइसकेको छ ।
 

Logo