1
1
1
1
1

क्यान इन्फोटेकको रौनक: के भन्छन् अवलोकनकर्ता र स्टलकर्ता ? (भिडियो)

1
1
1
1
1
1

कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघले शुक्रबारबाट आयोजना गरेको क्यान इन्फोटेक २०२० मा नेपाली प्रविधिलाई स्थान दिइएको छ ।  फागुन ७ गतेसम्म चल्ने इन्फोटेकमा नेपाली प्रविधिहरुको प्रदर्शनीलाई प्राथमिकता दिइएको क्यानका अध्यक्ष नवराज कुँवरले बताए ।

नेपालको शिक्षा क्षेत्र लगायतमा नेपालमै बनेका सफ्टवेयरहरुको अधिकतम प्रयोगमा टेवा पुर्‍याउने उद्देश्यले नेपाली प्रविधिलाई स्थान दिइएको उनले बताए । प्रदर्शनी यो वर्ष पूर्ण रुपमा पेपरलेस बनाइएको छ ।

१ सय ८५ भन्दा बढी स्टलहरु रहेको मेलामा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति र संस्थाहरुले आफ्ना नयाँ उत्पादन र आइडियाहरु प्रदर्शनीमा राखेका छन् । इन्जिनियरिङका विद्यार्थीहरुको क्षमता विकास गर्ने तथा उनीहरुको आइडियालाई प्लाटफर्म प्रदान गर्न मेलाले सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।

मेलामा विभिन्न कम्पनीका मोबाइल ब्राण्डहरु, अपरेटिङ सिस्टम, नेटवर्किङ सोल्युशन, सोलार पावर सिष्टम, इन्र्भटर, ल्यापटप तथा डेस्कटप कम्प्युटरहरु प्रदशर्नमा रहेका छन् ।

प्रकाशित: ३ फागुन २०७६ १८:५१ शनिबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी