विश्वका शीर्ष साइबर सुरक्षा प्रदायकको सूचीमा नेपालका दुई कम्पनी

विश्वका शीर्ष साइबर सुरक्षा प्रदायकको सूचीमा नेपालका दुई कम्पनी

केन्द्रबिन्दु
0
Shares

विश्वभरका साइबर सुरक्षा प्रदायक कम्पनीहरुको लिस्टमा नेपालका २ कम्पनीहरु क्रिप्टोजेन र ग्रिन टिक नेपाल पनि पर्न सफल भएका छन् ।

विश्वभर साइबर सुरक्षा प्रदायक कम्पनीको मूल्याङ्कन गर्दै आएको संस्था एमएसएसपी अलर्टले २०२३ का शीर्ष २५० साइबर सुरक्षा प्रदायक कम्पनीको सूची सार्वजनिक गरेको हो । जसमा नेपालबाट दुई कम्पनी क्रिप्टोजेन नेपाल र ग्रिन टिक नेपाल परेका हुन्, यसअन्तर्गत क्रिप्टोजेन नेपाल शीर्ष १६३ औं र ग्रिन टिक नेपाल शीर्ष २४७ औं स्थानमा रहेका छन् ।

एमएसएसपी अलर्टले विश्वभर उत्कृष्ट साइबर सुरक्षा सेवा प्रदान गर्दै आएका कम्पनीको प्रगति, गतिविधि, वार्षिक आम्दानी, व्यापार वृद्धि दर, उनीहरूले पारेको प्रभाव आदिका बारेमा मूल्याङ्कन गरी वर्षेनि रिपोर्ट प्रकाशन गर्दै आएको छ ।

उक्त मूल्याङ्कनका आधारमा संस्थाले विश्वका २५० उत्कृष्ट कम्पनी छनोट गरेको हो । सन् २०२२ मा पनि विश्वका उत्कृष्ट साइबर सुरक्षा कम्पनीहरुको सूचीमा नेपालका तीन कम्पनीहरु छनोट भएका थिए । जसमध्ये क्रिप्टोजेन नेपाल शीर्ष २२०औं, ग्रिनटिक नेपाल शीर्ष २३३औं र भैरव टेक्नोलोजी शीर्ष २४० औँ स्थानमा परेका थिए । यस वर्ष मा भने भैरव टेक्नोलोजी उक्त सूचीमा पर्न सकेन ।

Logo