लकडाउनको विकल्प ‘अनलाइन क्लास’, त्यो पनि आफ्नै सफ्टवेयरबाट

लकडाउनको विकल्प ‘अनलाइन क्लास’, त्यो पनि आफ्नै सफ्टवेयरबाट


सरकारले लकडाउनको समयावधि बढाएर बैशाख ३ गते पुर्‍याएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै सबै क्षेत्र ठप्प प्राय: छ। शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ।

एसइई परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ।  कक्षा ११ र १२ को परीक्षा पनि अन्यौलमा छ। लकडाउनले लाखौ विद्यार्थीको भविष्यमाथि प्रश्न चिन्ह खडा भएको छ। लकडाउन लम्बिंदै जाँदा उज्यालो जीवनको आधारविम्व शैक्षिक योग्यता हासिल गर्ने अवसरबाट विद्यार्थीहरू वन्चित भएका छन्।

अहिले केही शैक्षिक संस्थाहरूले ‘अनलाइन क्लास’ संचालन गरिरहेका छन् । ती शैक्षिक संस्थाहरूले विदेशमा बनेका जुमलगायतका सफ्टवेयरहरू प्रयोग गरि ‘क्लास’ संचालन गरिरहेका छन्।

ललितपुरको जावलाखेलस्थित वेदास कलेजले भने आफ्नै सफ्टवेयर विकास गरी ‘अनलाइन क्लास’ संचालन गरिरहेको छ। कलेजले लकडाउनको समयमा पनि विद्यार्थीहरूलाई नियमितरूपमा अध्ययन अध्यापन गराउंदै आएको कलेजका सिईओ कृष्णहरि पाण्डेले जानकारी दिए । “हामीले अहिले पनि नियमितरूपमा कक्षा संचालन गरिरहेका छौं।’ पाण्डेले भने।

उनले नेपालमै पहिलोपटक यस्तो सफ्टवेयरको विकास गरी सञ्चालनमा ल्याएको बताए। “विदेशी सफ्टवेयरहरूमा विभिन्न समस्याहरू आएको गुनासो बढीरहंदा हामीले आफ्नै सफ्टवेयर बनाएर प्रयोगमा ल्याएका छौं।”  उनले थपे, “यसले हामीलाई गौरवान्वित महशुस भएको छ ।”

सफ्टवेयरका विशेषताहरू 

यो सफ्टवेयरको नाम ‘MPercept Classroom’ हो । कलेजले ‘MPercept Technology’ सँगको सहकार्यमा यो सफ्टवेयर को विकास गरेको हो।

सफ्टवेयरमा हरू अत्याधुनिक प्राविधिक फिचरहरू समाबेश गरिएका छन्।  यसमा प्रयोग गर्न सजिलो इन्टरफेस उपलब्ध छ । यसमा क्लास सञ्चालनका लागि आवश्यक सबै सुविधाहरु रहेका पाण्डेले जानकारी दिए। “अनलाइन क्लास संचालनका लागि जे जतिपनि फिचर चाहिन्छ त्यो सबै सुविधा यसमा राखिएको छ।”  उनले भने।

यसमा सिमलेस अडियो र भिडियो कन्फेरेन्सको सुविधा छ।  त्यस्तै पठनपाठनका समयमा स्क्रिन शेयरिङ, छुट्टै छलफलका लागि ब्रेकआउट कोठा र कुराकानी, प्रत्यक्ष सत्रको रेकर्डिङ, विद्यार्थीको नतिजा ट्रयाकरहरुलगायतका सुविधाहरू पनि राखिएका छन् ।

यसमा प्रत्येक व्यक्तिगत विषयका लागि फाइल व्यवस्थापन र वाह्य स्रोतका सामाग्रीलाई पनि व्यवस्थापन गर्ने सुविधा राखिएको छ । त्यस्तै समुहगत शिक्षा अर्थात ग्रुप एजुकेशन प्रमोशन, ह्वाइटबोर्ड र कस्टम ह्वाइवोर्ड अप्सनहरू, शिक्षक तथा विद्यार्थीहरूका लागि व्यक्तिगत तथा सामुहिक च्याटरुम, प्रत्यक्ष कक्षाकोठाको रेकर्डिङ, सहकर्मी र आत्म मुल्यांकन तथा सुरक्षा र गोपनियतालगायतका सुविधा पनि यसमा  रहेका छन् ।

यो सफ्टवेयरमार्फत अध्ययन गर्ने विद्यार्थीहरूले कक्षाकोठामै बसेको अनुभव गर्ने पाण्डेको भनाइ छ । मोबाइल, ल्यापटप र कम्प्युटरबाट पनि यसको प्रयोग गर्न सकिन्छ । यसको प्रयोगका लागि विद्यार्थीले आफ्नो आइडी र पासवर्ड प्रयोग गर्नुपर्ने हुन्छ ।

‘लकडाउन’ मा मात्रै होइन ‘अफ आवर’ मा पनि प्रयोग गर्छौं- पाण्डे 

कलेजले अब  यसको प्रयोगलाई निरन्तरता दिनेबताउंदै सिईओ पाण्डेले भने, “लकडाउनका बेला मात्रै होइन अब हामी अफ आवरमा पनि यसको प्रयोग गर्छौं।” नेपालको  शैक्षिक प्रणालीलाई एउटा अर्काे उचाईमा पुर्‍याउन यो सफ्टवेयरले टेवा पुगेको उनको ठम्याई छ।

पाण्डे ग्रुपद्वारा संचालित यस कलेजले विगत १० वर्षदेखि नै प्रविधिको उच्चतम प्रयोग गरी शैक्षिकमैत्री वातावरणमा अत्याधुनिक सुविधासहित शिक्षा प्रदान गर्दै आएको छ । यस कलेजमा बिएससी सिएसआइटी, बिसिए, बिबिएम, बिबिएस, एमबिएस तहको अध्ययन अध्यापन हुँदै आएको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले दक्ष तथा अनुभवी प्रध्यापकहरुद्वारा उच्चस्तरको शिक्षा प्रदान गर्दै आएको पाण्डेको दावी छ ।

कलेजले अरु कोर्षहरुमा पनि नियमित रुपमा एकेडेमिक तथा नन एकेडेमिक अतिरिक्त कोर्षहरु संचालन गर्दै आएको छ । यस कलेजमा अध्ययनरत विद्यार्थीहरुले इन्टरर्नशिप प्लेसमेन्टको अवसर प्राप्त गर्दै आएका छन् भने डिग्री हासिल गरेका विद्यार्थीहरुले जब प्लेसमेन्टको अवसर प्राप्त गर्ने पाण्डेले बताए ।

Logo