‘ओपो रेनो टू’ – एफ : सिर्जनशिल यूवा पुस्ताका लागि उत्कृष्ट फोन

‘ओपो रेनो टू’ – एफ : सिर्जनशिल यूवा पुस्ताका लागि उत्कृष्ट फोन


काठमाडौं ।

ओपोले केही समय अघि विशेष गरी सिर्जनशिल यूवा पुस्ता लक्षित गर्दै नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनो टू एफ सार्वजनिक गरेको छ ।

रेनो टू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको संस्करण हो । प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ कम्पनीले यसमा फोटोग्राफीमा सुधार ल्याउने प्रशस्त फिचर्स उपलब्ध गराएको छ । फोन अहिले नेपाली बजारमा यसले उपलब्ध गराएका विभिन्न सुविधाका कारण निकै लोकप्रिय छ ।

ओपो रेनो टू एफमा रहेको अत्याधुनिक क्यामेरा प्रविधिले बृहत ल्याण्ड स्केपदेखि संकुचित गल्ली तथा पर्याप्त सौर्य प्रकाश रहेका स्थान तथा औँशीको अँध्यारो रात, हरेक वातावरण तथा परिस्थितीमा उत्कृष्ट प्रदर्शनी दिने क्षमता राख्छ । यसमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ ।

फोनमा उपलब्ध चार क्यामेरामा ४८ एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपी पोट्रेट लेन्स रहेका छन् । यस फोनमा उपलब्ध गरिएको ४८ एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभइ अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ १.७९ एपर्चर र १/२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।

रेनो टू एफमा कम्पनीले क्यामेरालाई ह्याण्डसेटको मध्यभागमा जडान गरेको छ । यसले गर्दा फोनबाट खिचिने सेल्फी प्राकृतिक देखिन्छ । साथै, यसमा उपलब्ध गरिएको रंगिन आरजीबी एट्मसफेर लाइटले सेल्फीमा विभिन्न मुड प्रदान गर्न सघाएको छ ।

वेभ ब्राउजिङ गर्दा होस्, भिडियो स्ट्रिमिङ वा गेमिङ, हरेक अवस्थामा यसमा रहेको पानोरामिक स्क्रिन साइजले आरामदायी भ्यूइङ अनुभव प्रदान गर्छ । यसमा रहेको १९.५ः९, पानोरामिक स्क्रिनमा २३४०#१०८० रिजोल्यूसन र ९१.१ प्रतिशत स्क्रिन टू बडी रेसियो दिइएको छ । फोनलाई सम्भावित क्षतिबाट जोगाउने सोचका साथमा यसमा रहेको ६.५ ईञ्च एमोलेड पानोरामिक स्क्रिनमा पाचौँ पुस्ताको कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ ।

कम्पनीले फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ । रेनोटू एफमा ओपोले पछिल्लो संस्करणका तुलनमा अझ तिब्र हिडन फिंगरप्रिन्ट अनलक ३.० उपलब्ध गराएको छ ।

रेनो टू एफमा एमटीके हेलियो पी ७० सीपीयूका साथमा ८ जीबी ¥याम र १ सय २८ जीबी रोमको शक्तिशाली संयोजन दिइएको छ । एमटीके हेलियो पी ७० द्वारा संचारित र परिस्कृत २.१ जीएचजेड प्रोशेसर टर्बो चार्जेज्ले उत्कृष्ट कार्यक्षमता प्रदर्शित गर्नुका साथै आरामदायी अनुभव र सटिक रेस्पोन्स प्रदान गर्छ ।

४३ हजार ९ सय ९० निर्धारण गरिएको ओपो रेनो टू एफ ईच्छुक उपभोक्ताले लेक ग्रिनवा स्काई ह्वाइट गरी दूई भिन्न रंग मध्य छनोट गर्ने विकल्प पनि उपलब्ध गरिएको छ ।

Logo