एयरपोर्टमा रोबोटको सेवा

एयरपोर्टमा रोबोटको सेवा


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ढिलासुस्ती हुने गरेको तपाई हामीले सुन्दै आएका छौं । नयाँ पर्यटकहरूले सही सूचना नपाएर सास्ती खेप्नु परेको समाचार पनि बारम्बार सार्वजनिक भइरहेका छन् ।

तर अब सहजै सूचना पाइने भएको छ । तपाईलाई सूचना दिन हाजिर छ २ वटा रोबोटहरू ।

विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन बिहीबारबाट रोबोटको सेवा सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिहीबार विमानस्थलमा आयोजित एक कार्यक्रममा रोबोटको सेवाको उद्घाटन गरेका हुन् । रोबोट सेवाको उद्घाटन गर्दै मन्त्री भट्टराईले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई थप प्रभावकारी र व्यवस्थित गरिने बताए ।

रोबोटले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सूचना प्रवाह गर्नेछ । रोबोटले विमानस्थलभित्रका सूचना उपलब्ध गराउनुका साथै नेपालका पर्यटकीय गन्तब्यहरूका बारेमा समेत जानकारी दिनेछ ।

पर्यटन मन्त्रालय, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण,  कम्युटर एसोसिएसन अफ नेपाल महासंघलगायतको पहलमा रोबोट सञ्चालनमा आएको हो । पाइला टेक्नोलोजीले बनाएको यो रोबोट नेपालमै पहिलो पटक जडान गरी संचालनमा ल्याइएको हो ।

Logo