प्रविधिको कुम्भमेला क्यान इन्फोटेक सम्पन्न (भिडियोसहित)

प्रविधिको कुम्भमेला क्यान इन्फोटेक सम्पन्न (भिडियोसहित)


काठमाडौं ।

सूचना प्रविधिको कुम्भमेला क्यान इन्फोटेक बुधबार सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघको आयोजनामा गत फागुन २ गतेदेखि शुरु भएको ‘क्यान इन्फोटेक २०२०’ आज सम्पन्न भएको हो ।

सुचना प्रविधिको नयाँ नयाँ उत्पादनहरु सार्वजनिक तथा बजारीकरण गर्ने उद्धेश्यले इन्फोटेक आयोजना गरिएको हो । यस वर्षको इन्फोटेकमा १८६ कम्पनीले स्टल राखेका थिए ।

६ दिनसम्म चलेको क्यान इन्फोटेकमा तीन लाख १५ हजारले अवलोकन गरेको कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघका अध्यक्ष नवराज कुँवर बताउँछन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Logo