काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने परियोजना शुरु (भिडियोसहित)

काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने परियोजना शुरु (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकांक्षी परियोजना शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट उक्त परियोजनाको कार्य शुभारम्भ गरेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको तार भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय शुरु भएको बताए ।

प्रधानमन्त्रीले आगामी दुई वर्षभित्र देशका सबै स्थानमा विद्युत् सेवा पु¥याउन सरकार लागिपरेको र सोही अवधिमा नेपालले विद्युत् निर्यातसमेत गर्ने जानकारी दिए । प्रधानमन्त्री ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो पनि गरे । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Logo