भिस्तारा एयरलाईन्सद्वारा नेपालमा उडान सुरू

भिस्तारा एयरलाईन्सद्वारा नेपालमा उडान सुरू


काठमाडौं । भारतीय विमान सेवा कम्पनी भिस्ताराले  मंगलबारदेखि दिल्ली–काठमाडौं व्यवसायिक उडान सुरू गरेको छ ।

प्रमुख व्यापारिक अधिकृत विनोद कन्ननले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालमा नियमित उडान सुरु गरेको जानकारि गराए ।

विस्तारा टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भारतको एक मात्र पाँचतारे हवाई सेवा कम्पनी हो । सन् २०१५ देखि हवाई सेवा सुरू गरेको यो कम्पनीमा टाटा समुहको ५१ र सिंगापुर एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेको छ ।

कम्पनीले उडान विस्तारले नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

भिस्तारा एयरलाईन्सद्वारा नेपालमा उडान सुरू

भारतीय विमान सेवा कम्पनी भिस्ताराले मंगलबारदेखि दिल्ली–काठमाडौं व्यवसायिक उडान सुरू गरेको छ ।

Posted by Kendrabindu – केन्द्रबिन्दु on Wednesday, February 12, 2020

Logo