नेपाली महिला वैज्ञानिकहरू संगठित

नेपाली महिला वैज्ञानिकहरू संगठित


काठमाडौं । विज्ञानमा महिलाको पहुँच बढाउने उद्देश्यसहित नेपाली महिला वैज्ञानिकहरू संगठित भएका छन् ।

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)सँग आवद्ध महिला वैज्ञानिकहरूले मंगलबार ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा ‘महिला वैज्ञानिक फोरम’ नेपालको गठन भएको घोषणा गरेका हुन् । नाष्टको भगिनी संस्थाको रुपमा गठन भएको फोरमले महिला वैज्ञानिकहरूलाई सक्रिय अनुशन्धानमा थप प्रभावकारी बनाउँदै उत्पादनशिल बनाउन सहयोग पुर्‍याउने महिला वैज्ञानिकहरूले बताएका छन् । महिला वैज्ञानिक ज्योती गिरीले विज्ञानको क्षेत्र, मेडिकल साइन्सको क्षेत्र र इन्जिनियरिङ क्षेत्रमा भएका महिलाहरूलाई एकिकृत गरी उर्वरशिल, उत्साहजनक, उत्पादनशिल रुपमा देशलाई योगदान दिन महिला वैज्ञानिक फोरमले सहयोग पुर्‍याउने बताइन् ।

कार्यक्रममा देशको समृद्धिमा महिला वैज्ञानिकको भूमिकाका विषयमा छलफल भएको थियो । त्यस्तै फोरमले सिनियर महिला वैज्ञानिक र आउँदै गरेका महिला वैज्ञानिकबीचमा समन्वय गराई अनुशन्धानलाई थप प्रभावकारी बनाउने र नयाँ पुस्तालाई आकर्षित गर्न सहयोग पुर्‍याउने विश्वास महिला वैज्ञानिकहरूले गरेका छन् ।

Logo