आविष्कार केन्द्रलाई ३ लाखको सामग्री हस्तान्तरण

आविष्कार केन्द्रलाई ३ लाखको सामग्री हस्तान्तरण


काठमाडौं ।

फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) ले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ३ लाख ५ हजार बराबरको सामग्री हस्तान्तरण गरेको छ ।

एमआरआरको पहलमा देशभित्र र बाहिरबाट संकलित रकमबाट आविष्कार केन्द्रलाई आवश्यक पर्ने मेसिनरी सामानहरु खरिद गरेर सोमबार प्रदान गरिएको हो ।

आविष्कार केन्द्रका महावीर पुनले युवाहरुको समूहले प्रदान गरेको सामग्रीले आफूहरुको आवश्यकतामा सहयोग पुगेको बताए। , ‘आर्थिक र मेसिनरी सहयोगसँगै युवाहरुले केन्द्रलाई बौद्धिक सहयोग पनि गर्न आवश्यक भएको उनको भनाई छ । नेपाली युवाहरुले समाजका नराम्रा कुराहरुको खबरदारी गर्ने मात्र होइन, राम्रा कुराहरुलाई प्रोत्साहन गर्न पनि जागरुक छन् भन्ने सन्देश दिन यस्तो सहयोग गरिएको एमआरआरका गणेश कार्कीले बताए । एमआरआरको यो सहयोग आर्थिक भन्दा बढी ऐक्यवद्धता भएको उनको भनाई छ ।

फेसबुकमा सक्रिय एमआरआर ग्रुप ले विभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।

Logo