सौराहामा ‘एनपीनोग नाइन’ सफलतापूर्वक सम्पन्न

सौराहामा ‘एनपीनोग नाइन’ सफलतापूर्वक सम्पन्न

केन्द्रबिन्दु
0
Shares

चितवनको सौराहामा सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’ सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त कार्यशाला यही माघ १४ देखि १८ गतेसम्म चलेकाे थियो । इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग)ले संयुक्त रुपमा सञ्चालन गरेको पाँच दिने यो कार्यशालामा नेटवर्क एसेन्सियल्स विषयमा विभिन्न विज्ञले प्रस्तुति दिएका थिए ।

कार्यशालामा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका व्यावसायिक विज्ञहरूबाट विषयगत तालिम सञ्चालन गरिएको थियो ।

कार्यशालामा ७ जना महिला र ३१ जना पुरुषले विभिन्न संघसंस्थाबाट सहभागिता जनाएका थिए । इन्टरनेट पूर्वाधार निर्माण र व्यवस्थापनमा उच्च दक्ष प्राविधिक जनशक्तिको आवश्यकतालाई सम्बोधन गर्न यो कार्यशाला फलदायी भएकाे कम्पनीकाे विश्वास छ । कार्यशालामा ३९ जना जना सहभागी भएका थिए । यसअन्तर्गत एनपीनोग नाइन फेलोसिप प्रोग्रामबाट ६ छनोट भई तालिममा सहभागी जनाएका थिए ।

पाँच दिनसम्म संचालन भएको कार्यशालामा एपीएनआइसी, एनटीए, इप्पान, एनआरइएन, वर्ल्डलिंक, सुविसु, भाएनेटलगायतले आवश्यक सहयोग गरेका थिए । कार्यशालाको शुरुवात एनपीआईएक्सका कार्यकारी निर्देशक रुपेश भक्त श्रेष्ठले गरेका थिए भने टेकमाइन्ड नेटवर्कका कार्यकारी निर्देशक कमलराज बास्तोलाकाे प्रमुख आतिथ्यमा समारोह समापन भएकाे थियाे ।

Logo