पाँच मिनेटमै आफ्नो घरको ठेगाना तयार पार्ने “कता हो” एप क्यान इन्फोटेकमा लन्च गरिँदै

पाँच मिनेटमै आफ्नो घरको ठेगाना तयार पार्ने “कता हो” एप क्यान इन्फोटेकमा लन्च गरिँदै

केन्द्रबिन्दु
0
Shares

पाँच मिनेटमै आफ्नो घरको ठेगाना प्लेट तयार गर्न सकिने अत्याधुनिक डिजिटल ठेगाना प्रणाली ‘कता हो’ एप्लिकेसन लन्च हुने भएकाे छ । यो सजिलै सम्झिन र अरुलाई भन्न सकिने गरी नेपाली शब्द र अंक मिलाएर बनाइएकाे एप्लिकेसन हाे । देशको जुनसुकै ठाउँको पनि डिजिटल ठेगाना तयार गर्न सकिने ‘कता हो’ ग्रिडमा आधारित ठेगाना प्रणाली हो । यसको यही माघ २५ गतेबाट काठमाडाैंमा सुरु हुने क्यान इन्फोटेकमा लन्च गरिने कम्पनीले जनाएकाे छ ।

के छन् त यसका फाइदाहरु ?

– ठेगाना, बाटोको नाम जस्ता काममा खर्च हुने सरकारको ठूलो धनराशि बचत हुने
– बोलेर स्थान शेयर गर्न सकिने
– आपतकालीन अवस्थामा तुरुन्त सहयोग पाउन सकिने
– घरको साथै देशको जुनसुकै ठाउँको डिजिटल ठेगाना तयार गर्न सकिने
– ठेगाना पाटी (एड्रेस प्लेट)मा रहेको क्युआर कोडमार्फत घन्टी बजाउन सकिने
– ठेगाना पाटी (एड्रेस प्लेट)मा अंग्रेजी अक्षर समेत प्रयोग भएकाले पथप्रदर्शक र पर्यटकले पनि प्रयोग गर्न सक्ने
– स्थानीय तहले सजिलो र छिटोछरितो रूपमा आफ्नो क्षेत्रभित्रका घर तथा संरचनाको नक्सांकन गर्न सकिने
– सार्वजनिक सम्पत्ति, सम्पदा जस्ता संरक्षण क्षेत्रहरु छुट्ट्याई अभिलेखन गर्न सकिने
– पालिका तथा अन्य सरकारी निकायको लागि छुट्टै अफलाइन सफ्टवेयरको व्यवस्था
– जुनसुकै डिजिटल नक्सामा पनि प्रयोग गर्न सकिने
– सरकारी तथा सबै प्रकारका केवाइसी फाराममा उल्लेख गर्न सकिनेछ ठेगाना कोड
– सर्वसाधारण र सबै तहका सरकारलाई एप र वेब सेवा निःशुल्क प्रदान गरिने भएकाले लाभान्वित हुन सक्ने ।

Logo