चिनियाँ वैज्ञानिकले एचआइभी संक्रमण नहुने शिशुको जन्म गराए

चिनियाँ वैज्ञानिकले एचआइभी संक्रमण नहुने शिशुको जन्म गराए

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । चिनियाँ वैज्ञानिकले एचआइभी संक्रमण नहुने शिशुको जन्म गराएका छन् । वैज्ञानिक हि जियान कुइले ‘आनुवंशिक गुण’ परिमार्जन गरिएका दुई शिशुको निर्माण गरेका हुन् । ‘लुलु र नाना’ नाम दिईएका ति जुम्ल्याहा महिला शिशु स्वस्थ रुपमा जन्मिएको बीबीसीले जनाएको छ ।

हि जियानले दुई शिशु भ्रुणमै हुँदा तिनको ‘सिसिआर ५ जिन’ निकालिएको बताएका थिए। उक्त भाइरस निकालिएपछि अब दुई शिशुमा कहिल्यै एचआभी संक्रमणको खतरा नहुने उनको दाबी छ । उनीहरुलाई १८ वर्षसम्म निगरानीमा राख्ने बताएका छन् । तर उनले त्यस्ता बच्चा निर्माण गरेका छन् या छैनन् भन्नेबारे अझै पुष्टि भइसकेको छैन।

यदि उनको दावी साँचो भए ती दुई जुम्ल्याहा शिशु विश्वकै पहिलो आनुवंशिक गुण परिमार्जन गरिएका मानव हुनेछन्। यस्ता कार्यलाई विश्वका अधिकांस देशमा बन्देज लगाइएको छ। तर, ती बैज्ञानिकको तर्क भने भ्रुणमै आनुवंशिक गुण परिमार्जन गरिए त्यस्ता शिशुलाई भविष्यमा खतरनाक रोेगबाट बचाउन सकिने दाबी गरिएको छ ।

Skip This
Logo