फेसबुकमाथि एप्पल र गुगलविरुद्ध आर्टिकल लेख्न अमेरिकी पीआर फर्म डिफायनर्स पब्लिक अफेयर्ससँग सम्झौता गरेको आरोप लागेको छ । "/>

फेसबुकमाथि गम्भिर आरोप

फेसबुकमाथि गम्भिर आरोप

केन्द्रबिन्दु
0
Shares

फेसबुकमाथि एप्पल र गुगलविरुद्ध आर्टिकल लेख्न अमेरिकी पीआर फर्म डिफायनर्स पब्लिक अफेयर्ससँग सम्झौता गरेको आरोप लागेको छ ।

न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्ट अनुसार अक्टोबर २०१७ मा फेसबुकले डिफायनर्ससँग यो काम अघि बढाएका हुन् । डिफायनर्स रिपब्लिकन पार्टीसँग सम्बन्धित फर्म हो ।
न्यूयोर्क टाइम्सको अनुसार डिफायनर्सले एप्पल र गुगलको विरुद्ध धेरै लेखहरु लेखेका छन् । त्यही समय फेसबुकमा रुसको बारेमा गलत जानकारी दिने असरलाई कम गर्ने कोशिस गरेको बताईएको छ ।

फेसबुकले डिफायनर्स मार्फत एन्टी फेसबुक मुभमेन्ट बढ्नुको पछाडि निवेशक र सामाजिक कार्यकर्ता जर्ज सोरोसको हात रहेको कुरा पनि फैलाए । न्यूयोर्क टाइम्सको रिपोर्टमा डिफायनर्सले पत्रकारलाई फेसबुकको विरोध गर्ने समूहको साथ सोरोसको आर्थिक सम्पर्क रहेको लेख्न दवाव दिइएको भनिएको छ ।

न्यूयोर्क टाइम्सको अनुसार एप्पलका सिईओ टिम कुकले प्राइभेसीको मुद्दामा फेसबुकको निन्दा गरेकोमा फेसबुकका सिईओ मार्क जुकरबर्गले आफ्ना म्यानेजरहरुलाई एन्ड्रोयड फोन प्रयोग गर्न आदेश दिएका थिए ।

Skip This
Logo