एजेन्सी । टाइटानिक जस्तै फेरि अर्को जहाज बन्ने भएको छ । अस्ट्रेलियाको खनिज पदार्थ कारोबारी तथा कन्जरभेटिभ नेता क्लाइव पामरले टाइटानिक जस्तै देखिने जहाजको निर्माण गर्न लागेका हुन् ।
यस जहाजको नाम टाइटानिक–२ राखिएको छ । उनले यो घोषणा ३ वर्ष पहिले नै गरेका थिए । तर आर्थिक अभावमा प्रोजेक्ट रोकिएको थियो । टाइटानिक–२ को पनि पुरानै जहाजको जस्तै डिजाइन गरिने छ । ताकी यात्रुहरुलाई पनि पुरानै टाइटानिकको जस्तो आभास होस् ।
पामर भन्छन्, ‘जसरी पुरानै जहाजले साउथम्प्टनबाट न्युयोर्कसम्म यात्रा गरेको थियो, हाम्रो जहाज पनि त्यसरी नै यात्रामा जानेछ । टाइटानिक–२ ले हरेक बन्दरगाहमा मानिसहरुको ध्यान आफ्नोतिर खिच्नेछ, आकर्षित गर्नेछ । अहिले पनि लाखौं मानिस टाइटानिकमा चढ्ने सपना बोकीरहेका छन् । हाम्रो जहाजले तिनै सपना पुरा गर्नेछ ।’
सन् २०१२ मा पहिलो पटक टाइटानिक–२ बनाउने घोषणा गरेको थियो । तर, ३ वर्षपछि पामर र चिनी कम्पनी साइटिकबीच पैसाको विषयमा विवाद भएको थियो । त्यसकारण रोक्नु परेको थियो । सन् २०१७ मा वेस्ट अस्ट्रेलियन सुप्रिम कोर्टले पामरको लाखौँ डलरको रोयल्टी चुुुुक्ता गर्ने आदेश दिएछि पामरले फेरि जहाज बनाउने निर्णय लिएका हुन् ।
पामरको कम्पनी ब्लु स्टार लाइनको अनुसार जहाजको पहिलो यात्रा सन् २०२२ मा सुरु हुनेछ । टाइटानिक–२ बनाउने घोषणा गर्ने वित्तिकै सोसल मिडियामा मानिसहरु जान्न चाहन्छन्, यो जहाजमा तुफानबाट बच्नको लागि कस्तो बन्दोबस्त गरिएको छ त ? कम्पनीको अनुसार २ हजार यात्रुहरु र क्रु मेम्बरको बचाउको लागि जहाजमा प्रयाप्त मात्रामा लाइफबोट्स हुनेछ ।
पामर सन् २०१३ मा अस्ट्रेलियाको सांसदमा चुनिएका थिए । सन् २०१७ मा उनले पामर युनाइटेड पार्टी बनाए । अहिले युनाइटेड अस्ट्रेलिया पार्टी छ । उनले फेरि चुनावमा उठ्ने घोषणा गरेका छन् । पामरले धेरै ठाउँमा पोस्टर पनि लगाएका छन् । जसमा लेखिएको छ, ‘म अस्ट्रेलियालाई महान बनाउने छु ।’
आजभन्दा १ सय छ वर्ष अगाडि टाइटनिक १५ अप्रिल सन् १९१२ मा उत्तर एटलान्टिक महासागरमा न्युफाउन्डल्यान्डको नजिकै डुबेको थियो । जहाज एक ठुलो आइसबर्गमा टक्राएको थियो । उक्त जहाजमा २ हजार २ सय चालिस मानिस सवार थिए । जसमध्ये १५ सयभन्दा बढिको मृत्यु भएको थियो ।





























प्रतिक्रिया