काठमाडौं । सुन्धारास्थित सिटीसी मलमा मोबाइल हब सुरु भएको छ । दशै तिहारलाई लक्षित गर्दै मोवाईल हब सुरु भएको हो । मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको रुपमा असोज ३१ ग्तेसम्म चल्ने सो मेलामा मोबाइल सम्बन्धि सेवा सुविधा पाईनेछ ।
मोवाईल हबमा नयाँ फोनको खरिदमा भारी छुटको व्यवस्था गरेको छ । दशैं धमाका साथै अफर भित्र पनि अफर नामक मोबाइल मेलामा मोबाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशत छुट पाउनेछन् । शुन्य प्रतिशत ब्याजदरमा किस्ता बन्दीमा मोबाइल समेत किन्न सकिन्छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गरिनेछ ।
मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोला प्रथाबाट विभिन्न ब्रान्डका मोबाइल वितरण गरिनेछ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रवन्ध निर्देशक संगम राईले जानकारी दिए ।
सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा बढि भेराईटी समेटेको मोबाइल हबमा विश्व बजारका चल्तीका २० भन्दा बढि ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । पार्किङ अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ ।
नेपालमा रहेका ९० प्रतिशत भन्दा बढी ब्रान्डका आधिकारिक सर्भिस सेन्टर मोबाइल हबमा छन् । नेपाल मै पहिलो पटक फरक अवधारणा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको समेत व्यवस्था छ ।





























प्रतिक्रिया