क्यान महासंघ र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच समझदारी, नेपालको सूचना प्रविधि शिक्षा र नवप्रवर्तनमा नयाँ आयाम

क्यान महासंघ र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच समझदारी, नेपालको सूचना प्रविधि शिक्षा र नवप्रवर्तनमा नयाँ आयाम

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच सूचना प्रविधि (आईसीटी) क्षेत्रको विकास र डिजिटल रूपान्तरणलाई गति दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। काठमाडौंमा आयोजित एक विशेष समारोहमा यो सम्झौता सम्पन्न भएको हो।

यो समझदारीले नवप्रवर्तन प्रवर्द्धन, सीप विकास, र उद्योग–शिक्षा सहकार्यलाई सुदृढ बनाउने साझा दृष्टिकोणलाई आत्मसात् गरेको छ। यसले नेपालको सूचना प्रविधि क्षेत्रको बदलिँदो मागअनुरूप शैक्षिक पाठ्यक्रमलाई अद्यावधिक गर्ने र डिजिटल अर्थतन्त्रमा योगदान पु-याउने लक्ष्य राखेको छ।

समझदारीका प्रमुख क्षेत्रहरू:
संयुक्त कार्यक्रमहरू:
कार्यशाला, सेमिनार, र तालिमहरूको आयोजना।
इन्टर्नशिप र उद्योग संलग्नता: विद्यार्थीहरूलाई व्यावहारिक अनुभव प्रदान गर्ने।
संयुक्त अनुसन्धान र नवप्रवर्तन: नयाँ प्रविधि र समाधानहरूको विकास।
नीतिगत वकालत: आईसीटी क्षेत्रको नीति निर्माणमा सहयोग।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यो साझेदारीलाई ग्रामीण तहदेखि नै सूचना प्रविधि प्रतिभा विकास र नेपालमा नवप्रवर्तनको बलियो आधार निर्माण गर्ने कोसेढुंगाको रूपमा व्याख्या गरिन्। उनले भनिन्, “यो सहकार्यले शैक्षिक संस्था र उद्योगबीचको दूरी घटाउनेछ, जसले विद्यार्थीहरूलाई विश्वस्तरीय अवसरहरू प्रदान गर्नेछ।”

यस्तै, क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीबी अधिकारीले यो समझदारीले सैद्धान्तिक ज्ञान र व्यावहारिक सीपबीचको खाडल हटाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “हाम्रो लक्ष्य विद्यार्थीहरूलाई डिजिटल अर्थतन्त्रको मागअनुरूप सक्षम बनाउनु हो। यो सम्झौताले शैक्षिक कार्यक्रमहरूलाई उद्योगको आवश्यकतासँग जोड्नेछ।”

यो सहकार्यले शैक्षिक संस्था र आईसीटी उद्योगबीचको अन्तरलाई न्यूनीकरण गर्दै स्नातक विद्यार्थीहरूलाई डिजिटल युगका लागि आवश्यक सीप र अनुभवले सुसज्जित बनाउने अपेक्षा गरिएको छ। यसले नेपालको सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तन र रोजगारीका अवसरहरू सिर्जना गर्न महत्वपूर्ण योगदान पु-याउने विश्वास छ।

क्यान महासंघ र लुम्बिनी प्राविधिक विश्वविद्यालयको यो रणनीतिक साझेदारी नेपालको सूचना प्रविधि क्षेत्रमा नयाँ सम्भावनाहरू उजागर गर्ने दिशामा एक महत्वपूर्ण कदम हो। यसले नेपाललाई डिजिटल रूपान्तरण र नवप्रवर्तनको क्षेत्रमा अग्रपङ्क्तिमा पु¥याउन सघाउने अपेक्षा गरिएको छ।

Logo