एजेन्सी । जापानसँग आउने दिनमा सुपर टाइफुन ट्रामी ठोक्किन सक्छ । इन्टरनेशनल स्पेस स्टेसन (आईएसएस) बाट यूरोपियन एस्ट्रोनट अलेक्जेन्डर गस्र्टले ट्रामीको तस्वीर सार्वजानिक गरेको छ । ट्रामी क्याटोगरी ५ को तुफान हो । दुई हप्ता पहिले फिलिपिन्समा मान्खुत नामको सुपर टाइफुन आएको थियो । चीन र ताइवान पनि यस तुफानबाट प्रभावित भएको थियो ।
क्याटोगरी ५ को तुफान हो ट्रामी
१. अलेक्जेन्डर ग्रस्टले भने, ‘धर्तीमा एक अर्को भयंकर तुफान आउन सक्छ । क्याटोगरी ५ को यो सुपर टाइफुन ट्रामी रोक्ने वाला छैन् । यो जापान र ताइवानको तर्फ बढिरहेको छ । सुरक्षित रहनुहोस् । यस्तो लागिरहेको छ धर्तीको विशाल प्लग निकालिदएको हो ।’
२. जापानमा यसै महिना जेबी टाइफुन आएको थियो । जसका कारण १३ जनाको ज्यान गएको थियो । जेबी तुफान आउँदा जापानमा ४.५ विलियन डलर भन्दा बढिको क्षति भएको थियो ।
३. यो तुफानले नार्दन, सेन्ट्रल ताइवन र जापानको रयुकु द्धीप समुह प्रभावित हुनेछ । सीएनएनको मौसम विज्ञानी टम सेटरको अनुसार तुफानको गति अहिले रोकिएको छ । सिस्टम कुन तर्फ जान सक्छ ? मौसम विज्ञान त्यसमा नजर राखिरहेको छ ।
४. सेटरले यो पनि बताएको छ, सुपर टाइफुन आँउदा १४० किमी÷घण्टाको रफ्तारमा हावा चल्न सक्छ । यदि यसले आफ्नो दिशा यहि रफ्तारमा कायम राखेमा दक्षिण जापानसँग चार दिनमा टक्राउन सक्छ ।
५. सिएनएनको रिपोर्टमा भनिएको छ कि भारी बर्षा भएमा भुस्खलनको खतरा हुन सक्छ । सिस्टमको मजबुत हुनको लागि धेरै पानी पर्न सक्छ ।
६. दुई हप्ता पहिले फिलिपिन्ससँग मान्खुत सुपर टाइफुन टक्राएको थियो । भारी बर्षा र भुस्खलन भएर १ सय भन्दा बढि मानिसको ज्यान गएको थियो ।





























प्रतिक्रिया