ह्याकरको आँखा एमेजन ईको तर्फ

ह्याकरको आँखा एमेजन ईको तर्फ

केन्द्रबिन्दु
0
Shares

पछिल्लो पटक लोकप्रिय ग्याजेटको रुपमा रहेको एमेजन ईकोमा रहेका सम्वादहरुलाई ह्याकरहरुले कुनै पनि बेला चोरी गर्न सक्ने देखिएको छ ।

चीनको ठुलो प्रविधि संस्थाको रुपमा रहेको टेनसेन्टले एमेजन इकोमा प्रयोगकर्ताहरुले गरेको कुराकानीलाई कुनै पनि बेला ह्याकरहरुले ह्याक गर्न सक्ने बिषयमा सचेत गरेको छ । इकोमा प्रयोगकर्ताले गर्ने कुराकानीहरुलाई आधार बनाएर ह्याकरहरुले वाईफाईको पासवर्ड देखि अन्य गोप्य बिषयहरु पनि ह्याक गर्न सक्ने बिषयमा सचेत गरेको थियो ।

एमेजनको इकोलाई कुनै पनि बेला ह्याकरहरुले आक्रमण गर्न सक्ने बिषयमा जुलाई महिनामै चिनियाँ कम्पनीले सचेत गरेको हो । ह्याकरले इकोको मदरबोर्डमै आक्रमण गरेर इको मार्फत् हुने कुराकानीहरुलाई समेत चोर्न सक्ने देखिएको जनाएको थियो ।

एउटै लोकल एरियाका सजिलै कुराकानी गर्न मिल्ने हुनाले पनि इको स्पिकर लोकप्रिय भएको हो । यो वाहेर कुराकानीका अन्य कामहरु पनि गर्न सकिने हुनाले पहिला ह्याकरहरुले आक्रमण गरेर कम्प्युटरको डाटाहरु बिगार्ने, चोर्ने जस्ता काम गर्थे भने अब ह्याकरहरुले मानिसको आवाज पनि चोर्न सक्ने देखिएको छ ।

चीनको टेक कम्पनीले देखाएको यो सचेतना प्रति एमेजनले चीनियाँ कम्पनीले भनेको जस्तो त्यति सजिलै ह्याक गर्न नसकिने बताएको छ । चीनियाँ कम्पनीले बताएको जस्तो काम ह्याकरहरुलाई गर्न धेरै नै गाह्रो हुने एमेजनले जनाएको छ । एमेजन ईकोमा कुनै किसिमको समस्या आएमा उक्त सुरक्षालाई कडा गर्न हामीले दिने अपडेटहरु प्रयोगकर्ताले केही नगरी अटोमेटिक रुपमा अपडेट हुने समेत बनाएका छौं ।

Logo