अमेरिकाको एप्पल कम्पनीको बिहिवार बढेको सेयर २ सय ७ दशमलब ०५ डलर पुगेपछि यो कम्पनी मार्केट क्याप एक सय खर्ब डलर पुगेको छ । यो मार्केट क्याप भ्यालुले गर्दा एप्पललाई बिश्वकै सर्वाधिक मुल्यवान कम्पनीको रुपमा स्थापित गरेको छ । यसअघि यो मुल्य पाउने चीनको पेट्रोचाइना कम्पनी मात्र रहेको थियो ।
सन् १९९७ अर्थात् आज भन्दा २१ बर्ष अगाडी १ कित्ता सेयरको मुल्य १ डलर मात्र रहेको यो कम्पनीको अहिलेको सेयर मुल्य २ सय ७ दशमलब ०५ डलर प्रति कित्ता रहेको छ । यही घटनालाई आधार बनाएर आज हामीले एप्पल कम्पनीका केही अनौठो घटनाहरुलाई प्रस्तुत गर्दैछौं ।
१. एप्पल कम्पनीको स्थापना गर्दा स्टिव जब्स, स्टिव बोजनिक र रोनाल्ड बेन रहेका थिए । सन् १९७६ मा कम्पनी स्थापना गरेको १२ दिनमै बेनले आफुसंग रहेको सेयरको १० प्रतिशत सेयर ८ सय डलरमा बेचिदिए । एक अनुमान अनुसार बेनले बेचेको सेयर अहिलेसम्म राखेको भए उक्त सेयरको मुल्य १ खर्ब डलर पुग्ने अनुमान गरिएको छ ।
२. एप्पलले निकालेको पहिलो कम्प्युटर एप्पल–१ मा स्क्रिन र किबोर्ड थिएन । यसलाई लठ्ठीको सहयोगमा चलाउनु पर्ने हुन्थ्यो ।
३. सन् १९८४ मा एप्पलले म्याकन्टोस कम्प्युटरलाई बजारमा ल्यायो । यो कम्प्युटरको टेलिभिजनमा विज्ञापन समेत गरिएको थियो ।
४. एप्पलले निकालेको म्याकन्टोस कम्प्युटर बजारमा असफल भएपछि कम्पनीले स्टिव जब्सलाई कम्पनीको बोर्ड सदस्यवाट हटाईयो र उनलाई सानो कोठामा अफिस दिईयो । जसको नाम साईबेरिया राखिएको थियो । यो झोकमा स्टिव जब्सले आफुसंग रहेको ८५ हजार सेयर १४ डलरमा बेचेर कम्पनी छोडेका थिए । स्टिभ जब्सले कम्पनी छोडेपछि स्टिभ बोजनिकले पनि एप्पल छोडेका थिए ।
५. एप्पल छोडेपछि स्टिभ जब्सले नयाँ कम्पनी नेक्स्टको शुरुवात गरे । सन् १९९६ मा एप्पलले स्टिभ जब्सलाई एप्पलमा ल्याउनका लागि उनको नेक्स्टलाई ४२ करोड ७० लाख डलरमा किनेको थियो । नेक्स्ट कम्पनीमा रहदाँ जब्सले नेक्स्ट अपरेटिङ सिस्टममा काम गरिरहेका थिए । एप्पलमा आएपछि उक्त अपरेटिङ सिस्टमको नाम म्याक ओएस एक्स राखियो । जब्सलाई सन् २००० देखि एप्ललको सिईओ बनाइयो ।
६. एप्पलमा स्टिव जब्स सिईओ भएर आएपछि एप्पलले आईफोन, आईप्याड र आईम्याक जस्ता ग्याजेटहरुको उत्पादन थाल्यो । धेरैले यो यि उत्पादनहरुको श्रेय स्टिभ जब्सलाई नै दिए । तर यि सबै ग्याजेटहरुको उत्पादनको पछाडी जोनाथन पोल आईभको हात रहेको थियो । जोनाथल एप्पलको चिफ डिजाइनर रहेका थिए । उनी रोयल कलेज अफ आर्टको कुलपति पनि थिए । सन् २०१२ मा उनलाई बकिङघम प्यालेसमा नाईट कमान्डरको रुपमा नियुक्त पनि गरियो ।
७. एप्पलले पहिला निकालेको म्याकेन्टोस कम्प्युटर असफल भएपछि स्टिभ जब्सले पछिल्लो पटक निकालेका कम्प्युटरहरुमा ‘आई’ अक्षरको प्रयोग गरे । जब्सको लक्ष्य भनेको अब बन्ने कम्प्युटरले ईन्टरनेटमा काम गर्नेछ । त्यसैले ईन्टरनेटको अघिल्लो अक्षर आईलाई लिएर आफ्नो प्रडक्टको अगाडी आई थपे । जसको कारण एप्पलको अधिकांश प्रडक्टको अगाडी आईफोन, आईम्याक, आईप्याड जस्ता शब्दहरु आउन थालेको हो ।
८. एप्पलले मोवाइल फोन बनाउने भएपछि स्टिव जब्सले १ हजार कर्मचारीको एउटा टिम बनाएर मोवाइल फोन बनाउन दिए । अति गोप्य रुपमा थालिएको यो योजनाको नाम ‘प्रोजेक्ट पर्पल’ राखिएको थियो । यो अभियानको वारेमा अरु कर्मचारीहरुलाई केही पनि जानकारी थिएन । ३० महिनाको अथक काम पछि सन् २००७ जुन २९ तारिखमा यो योजनाले सफलता पायो र बजारमा आयो आईफोन । त्यो बेला एप्पलले यसलाई सफलता भन्दा पनि यो शुरुवात मात्र हो भन्ने स्लोगन राखेको थियो ।
९. एप्पलको लोगोको पनि आफ्नै किसिमको कथा रहेको छ । एप्पलको लोगोमा आधा टोकिएको स्याउ रहेको छ । स्टिव जब्स एक पटक स्याउको फार्म हाउसमा जादाँ नै उनले स्याउलाई आफ्नो कम्पनीको लोगो बनाउने सोच बनाएका थिए । तर उनले कम्प्युटिङको फाउण्डर एलन ट्युरिङलाई श्रद्धान्जली दिन राखेको बताए । एलन ट्युरिङले साईनाइड खाएर आत्महत्या गरेका थिए । आत्महत्याको स्थलमा आधा खाएको स्याउ पनि फेला परेको थियो । जब्सले पुरै स्याउलाई लोगोको रुपमा राख्दा चेरी जस्तो देखिने हुनाले पछि टोकेको स्याउलाई लोगोको रुपमा राखेका थिए ।





























प्रतिक्रिया