फेसबुक ग्रुपमा अब पार्टी पनि

फेसबुक ग्रुपमा अब पार्टी पनि

केन्द्रबिन्दु
0
Shares

फेसबुकले आफ्नो प्रयोगकर्ताहरुलाई एकपछि अर्को गर्दै नयाँ नयाँ फिचरहरु थप्दै लगेको छ । एउटै कुरा चलाईरहदा प्रयोगकर्ताहरुलाई दिक्क लाग्ने हुनाले पनि फेसबुकले नयाँ नयाँ फिचरहरु थप्दै लगेको देखिन्छ ।

यसैक्रममा फेसबुकले हालै ग्रुप च्याट गर्ने युजरहरुलाई लक्षित गरेर वाच पार्टी फिचरलाई सार्वजनिक गरेको हो । यो फिचरहरु अनुसार प्रयोगकर्ताले एकै साथ फेसबुक हेर्ने र भिडियो हेर्न पाउनेछन् । फेसबुकले आफ्नो ब्लगपोष्टमा दिएको जानकारी अनुसार एक पटक वाच पार्टी शुरु भएपछि पछि प्रयोगकर्ताले एकै पटक लाईभ भिडियो वा रेकर्डेड भिडियो हर्ने सक्नेछन् भने सोही समयमा एक अर्कासंग च्याट पनि गर्न पाउने छन् ।

ग्रुपमा रहेका युजरहरुलाई भिडियो हेर्न सजिलो होस् भनेर सिंक गरेर देखाईने छ । जसको कारण उनीहरुले चाहे अनुसारको प्रतिक्रिया दिन सक्नेछन् । अहिले ग्रुप युजरहरुलाई मात्र उपलब्ध रहेको छ । तर फेसबुकले केही फेसबुक एकाउन्ट भएका तर उक्त ग्रुपमा नभएका युजरहरुलाई पनि उक्त पार्टीको भिडियो देखाएर परिक्षण गरिरहेको छ । यसरी देखाउदा धेरै नै राम्रो प्रतिक्रिया आएको कारण सम्भवत केही समयपछि हाम्रो फेसबुकको वालमा धेरै नयाँ नयाँ पार्टीका भिडियोहरु देखापर्ने निश्चित रहेको छ ।

फेसबुकको यो अभियान सम्भवत युट्युबसंग प्रतिस्पर्धा गर्ने मेलोको रुपमा पनि हेरिएको छ । फेसबुकले पनि भिडियो कन्टेनलाई बढाउन र आफ्नो पेजमा भिडियो कन्टेनलाई लोकप्रिय बनाउने प्रयासको रुपमा पनि हेरिएको छ ।

Logo