सर्च ईन्जिन कम्पनी गुगललाई हालै यूरोपियन युनियनले ५ अर्ब डलर जरिवानाको निर्णय सुनाएको छ । गुगलले आफ्नो प्रतिस्र्पधी कम्पनीलाई निस्तेज पार्ने किसिमको काम गरेको अभियोग लागेको थियो । यो निर्णय अनुसार गुगलले आफुलाई ९० दिन भित्र स्ुधार नगरेमा जरिवानाको रकम अझ बढाईने जनाएको छ ।
यूरोपियन युनियनले कुनै पनि कम्पनीलाई अहिलेसम्म लगाएको यो जरिवाना सर्वाधिक रहेको जनाईएको छ । यूरोपियन यूनियनका कमिश्नर मार्गरेट बेष्टेजरका अनुसार गुगलले प्रतिस्पर्धाको नियम भंग गरेको कारण यो जरिवना गरिएको जनाएका छन् । बेष्टेजरले सन् २०१७ मै गुगललाई साढे २ अर्ब डलर बराबरको जरिवाना लगाएका थिए । त्यो बेला सपिङको कम्पेरिजन सर्भिसले अभियोग लगाएका थिए । त्यो बेला गुगलको सर्च ईन्जिनमा उक्त सर्भिसको बिज्ञापन आउने गरेको अभियोग लागेको थियो । यो अभियोगको पनि फैसला अझै हुन सकेको छैन ।
गुगललाई लागेको अभियोग अनुसार गुगलले एण्ड्रोईड अपरेटिङ सिस्टम भएका मोवाइल फोन निर्माता कम्पनी सामसुङ, हुवावे लगायतले उत्पादन गर्ने स्मार्टफोनमा गुगलको क्रोम ब्राउजर प्रि ईन्ष्टल गराउन बाध्य पार्ने गथ्र्यो भन्ने रहेको छ । यो नगर्ने मोवाइल फोन निर्माता कम्पनीहरुलाई गुगलको प्ले स्टोर चलाउन नै नमिल्ने धम्कि दिने गरेको थियो । गुगल क्रोम इन्ष्टल गर्न गुगलले यस्ता मोवाइल फोन निर्माता कम्पनीहरुलाई पैसा पनि दिने गरेको बताईएको छ । गुगलले यो कामको लागि कति पैसा दिने गरेको हो त्यो भने सार्वजनिक भएको छैन । तर संझौतामा ति कम्पनीहरुले अरु अपरेटिङ सिस्टम भएको मोवाइल फोन भने बिक्रि गर्न नपाउने प्रावधान समेत राखेको बताईन्छ ।
स्मार्टफोनको बजारमा आफ्नो प्रभाव बढाउन गुगलले उक्त कार्य गरेको बताईन्छ । किनकी गुगलको क्रोमले डेस्कटप सर्च इन्जिनको क्षेत्रमा ब्यापक सफलता हात पारिसकेको छ । यो सफलताले गर्दा गुगलले डेस्कटपको क्रोम मार्फत् बिज्ञापनहरु देखाएर मनग्य आम्दानी गरिरहेको छ भने मोवाइल मार्फत् पनि गुगलले यही किसिमको सफलता पाउने सोचाईमा राखेको थियो । रसियामा पनि गुगललाई क्रोम मार्फत् मात्र सर्च गर्ने सुविधा राखेकोमा बिरोध भएको थियो । त्यसपछि गुगगले रसियामा लोकप्रिय रहेको याडेक्सलाई समावेश गर्यो । यो कारणले गर्दा गुगलको सेयर मार्केटको भ्याल्यू ६३ प्रतिशतवाट झरेर ५२ प्रतिशतमा आएको थियो ।
यसपटक यूरोपियन युनियनमा गुगलको बिरुद्ध फेयरसर्च समूहले अभियोग दर्ता गरेको थियो । यो समूहमा नोकिया, माइक्रोसफ्ट र ओरेकल जस्ता कम्पनीहरु रहेका थिए । पछिल्लो तिन बर्ष अगाडी लगाएको यो अभियोगको बल्ल गत बुधवार सुनवाई भएको थियो । अब सम्भवत गुगलले यो फैसलाको बिरुद्ध उच्च अदालतमा निवेदन दिने छ । यो निर्णय हुन अर्को केही बर्ष लाग्ने पर्यवेक्षकहरुले बताएका छन् ।





























प्रतिक्रिया