काठमाडौं

नेपाल टेलिकमका डाटा प्रयोगकर्ता एक महिनामा दुई लाख हाराहारीले बढेका छन् । "/>

टेलिकमका डाटा प्रयोगकर्ता १ करोड बढी

टेलिकमका डाटा प्रयोगकर्ता १ करोड बढी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल टेलिकमका डाटा प्रयोगकर्ता एक महिनामा दुई लाख हाराहारीले बढेका छन् । योसँगै टेलिकम डाटा प्रयोगकर्ताको संख्या करोड नाघेको छ । कम्पनीको २०७४ चैतको एमआईएस रिपोर्टका आधारमा टेलिकमको मोबाइल डाटा प्रयोग गर्नेको संख्या एक करोड एक लाख ५४ हजार पुगेको छ ।

गत फागुन महिनामा ९९ लाख ५४ हजार सात सय २२ डाटा प्रयोगकर्ता रहेकोमा यो महिनामा ग्राहकको संख्या बढेर एक करोड एक लाख ५४ हजार पुगेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी गराइन् । वैद्यका अनुसार पछिल्लो समय डाटामा ग्राहकको बढ्दो आकर्षणले एक महिनाको अवधिमा डाटा प्रयोगकर्ता थपिएका हुन् । ‘फागुन महिनामा ९९ लाख ५४ हजार सात सय २२ डाटा प्रयोगकर्ता थिए’, उनले भनिन्, ‘अहिले कम्पनीले तयार पारेको एमआईएस रिपोर्टमा ग्राहकको संख्या एक करोड भन्दा बढी छ ।’

उनका अनुसार यो अवधिमा कम्पनीको जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार एक सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार पाँच सय, वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका एक लाख ९९ हजार सात सय पुगेका छन् । २०७४ असार मसान्त सम्म कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार आठ सय ९४ रहेकोमा २०७४ चैत अन्त्य सम्म यो संख्या बढेर एक करोड एक लाख ५४ हजार पुगेको छ । यस अनुसार २०७४ असार सम्म डाटा प्रयोगकर्ता २०.५१ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
अन्नपूर्णबाट

Logo