बर्दिया

कृषिको ठूलो सम्भावना रहेको बर्दियामा यान्त्रीकरणको प्रयोग बढ्दै गएको छ । कम लागत तथा जनशक्तिको प्रयोगबाट थोरै समयमा धेरै उत्पादन लिन सकिने भएपछि किसानहरू यान्त्रीकरण तर्फ आकर्षित भएका हुन् । "/>

साना किसानलाई यान्त्रीकरणमा सघाउँदै सहकारी

साना किसानलाई यान्त्रीकरणमा सघाउँदै सहकारी

केन्द्रबिन्दु
0
Shares

बर्दिया

कृषिको ठूलो सम्भावना रहेको बर्दियामा यान्त्रीकरणको प्रयोग बढ्दै गएको छ । कम लागत तथा जनशक्तिको प्रयोगबाट थोरै समयमा धेरै उत्पादन लिन सकिने भएपछि किसानहरू यान्त्रीकरण तर्फ आकर्षित भएका हुन् ।

किसानहरूको यान्त्रीकरणमा आकर्षण बढेसँगै जिल्लाका सहकारी संस्थाले कृषकलाई यान्त्रीकरण सम्बन्धी अनुदान तथा सेवा उपलब्धताका लागि सघाउन थालेका छन् । पछिल्लो समय कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव तथा जिल्लामा भित्रिएका नयाँ–नयाँ प्रविधिको प्रयोगले कृषिमा कम लगानीबाट बढी उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले साना किसान कृषि सहकारी संस्था लिमिटेड मधुवन–७ प्रगतीबजारले कृषि यान्त्रीकरण सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

ग्रामिण क्षेत्रका कृषकलाई सेवाकेन्द्रवाट ट्रयाक्टर, हाते ट्रयाक्टर, पावर ट्रेलर, धान काट्ने रिपर, बीऊ छर्ने मेसिन, रोटाभेटर, धान, गहुँ, मकै थ्रेसर, हाइरो, कल्टिभेटर, आली लगाउने मेसीन लगायतका कृषि उपकरण सहुलियत दरमा भाडामा उपलब्ध गराउनुका साथै अनुदानमा समेत वितरण गरिएको साना किसान कृषि सहकारी संस्था लिमिटेड मधुवन–७ प्रगतीबजारका मुख्य प्रवन्धक डम्मर केसीले बताए ।

जनशक्तिको कमी भइरहने अवस्थामा यान्त्रीकरणबाट खेती गरिँदा लागत घटाएर किसानलाई सर्वसुलभ सेवासुविधा उपलब्ध हुने भन्दै उनले यसबाट किसानलाई राहत हुनुका साथै प्रविधिको विकास भएको बताए ।
कारोबारबाट

Logo