गुगल क्रोमले नै खतरनाक साईट बताउने

गुगल क्रोमले नै खतरनाक साईट बताउने

केन्द्रबिन्दु
0
Shares

विश्वमा रहेका करोडौं साईटहरु मध्ये कुन वेवसाईट तपाईको कम्प्युटर देखि तपाईको ब्यक्तिगत जीवनका जानकारीहरुलाई खतरा छ भन्ने थाहा छ ? यो काम सामान्य इन्टरनेटका प्रयोगकर्ताहरुले पत्तानै लगाउन सक्दैनन् । जसको कारण धेरै इन्टरनेटका प्रयोगकर्ताहरुले भुलबस यस्ता वेवसाईट खोल्दा आफ्नो जानकारी देखि आफ्नो पर्सनल कप्युटरहरुमा क्षति समेत पुर्‍याइरहेका हुन्छन् ।

यही समस्यालाई बुझेर सर्वाधिक रुचाईएको गुगगले आफ्नो इन्टरनेट ब्राउजर गुगल क्रोम मार्फत् हानिकार वेवसाईटहरुको जानकारी प्रयोगकर्तालाई दिने भएको छ । पछिल्लो पटक इन्टरनेटमा आफुलाई बढी नै विश्वसनिय देखाउन धेरै खतरनाक वेवसाईटहरुले पनि आफ्नो डोमेनको अगाडी एचटिटिपिएस राख्न थालेका छन् । यसलाई इन्टरनेटमा सर्वाधिक सुरक्षित मानिएपनि अहिले धेरै वेवसाईट निर्माताहरुले यसैलाई आधार बनाएर कम्प्युटरहरुको क्षतिको संख्यालाई बढाइरहेका छन् ।

यो कार्यलाई रोक्न गुगगले आफ्नो आगामी क्रोम ७० भर्जनवाट यस्ता किसिमका साईटहरुलाई नट सेक्योर भनेर प्रयोगकर्तालाई जानकारी दिने छ । एचटिटिपिएस जस्ता हरियो रंगका साईटहरु प्रयोगकर्ताहरुलाई विस्तारै खतरनाक बन्दै गएपछि गुगलले आगामी सेप्टेम्बर देखि यो अभियान थाल्ने जनाएको छ । गुगल क्रोमको प्रडक्ट मैनेजर एमिलीका अनुसार पहिला एचटिटिपिएस भएका साईटहरु सुरक्षित मानिन्थ्यो अहिले त्यो अवस्था छैन । फेरी सामान्य प्रयोगकर्ताले यो कुरालाई छुट्याउन्न पनि सक्दैनन् । यस्तो अवस्थामा हाम्रो क्रोमका सेक्युरिटी मैनेजरहरुले अहिले यस्ता साईटहरुको लिष्टिङ बनाउन थालेका छन् ।

Logo