गुगलले ल्याएको एण्ड्रोइड पिमा के छ

गुगलले ल्याएको एण्ड्रोइड पिमा के छ

केन्द्रबिन्दु
0
Shares

गुगलले आफ्नो बार्षिक रुपमा अयोजना हुने डेभलोपर्स कन्फ्रेन्सको मौका पारेर एण्ड्रोइड पि अपरेटिङ सिस्टमलाई सार्वजनिक गरेको छ । एण्ड्रोइडको नवौं अपरेटिङ सिस्टमको रुपमा रहेको पिलाई अहिले बेटा भर्जनमा केही मोवाइल फोनहरुमा चलाउन मिल्ने सुविधा दिएको छ ।

यो अपरेटिङ सिष्टम अहिले गुगल पिक्सेल, पिक्सेल टु, पिक्सेल टु एक्सएल, पिक्सेल एक्सएल, नोकिया सेभेन प्लस, ओप्पो आर वान फाइभ प्रो, सोनी एक्सपेरिया एक्सजेड टु, भिभो एक्स टु वान युडी, साओमी मि मिक्स टु एस जस्ता मोवाइल सेटहरुमा बेटा भर्जनलाई डाउनलोड गरेर चलाउन सकिन्छ ।

गुगलको पि अपरेटिङ सिष्टमको इन्टरफेस प्रयोगकर्ता मैत्री बनाएको छ । जसको कारण सजिलै र तुरुन्त आफुले चाहेको एप देखि सेटिङहरु चलाउन मिल्छ । यसमा घडीलाई सेटको देब्रे कुनामा सानो अक्षरमा राखिएको छ । ब्याट्रिको अवस्थालाई प्रतिशतको आधारमा देखाउने ब्यवस्था मिलाईएको छ । यो संकेट मोवाइलको माथिल्लो भागमा राखिएको छ ।

यसले प्रयोगकर्तालाई एपमा सजिलै लैजाने बनाएको छ । यो वाहेक गुगलले आफ्ना प्रडक्टहरुमा प्रयोगकर्ताहरुको पहुँच सजिलै होस् भनेर गुगल फोटो, जिमेल, न्यूज फिड जस्ता नयाँ फिचरहरु पनि राखेको छ ।

यदी तपाईहरुको पनि सेटले यो अपरेटिङ सिष्टमलाई सर्पोट गर्छ भने www.google.com/android/beta मार्फत् गएर डाउनलोड गरी चलाउन सक्नुहुने छ ।

Logo