४० मेगा पिक्सेलको हुवावे पि ट्वान्टि प्रो आउदैं

४० मेगा पिक्सेलको हुवावे पि ट्वान्टि प्रो आउदैं

केन्द्रबिन्दु
0
Shares

हुवावेले आफ्नो फ्ल्यागसिप मोडलको रुपमा दुई नयाँ स्मार्टफोनलाई सार्वजनिक गरेको छ । पेरिसमा हुवावेले पि ट्वान्टि सिरिजको दुई नयाँ सेटलाई हालै सावर्जनिक गरेको हो ।

हुवावेले यसपटक पि ट्वान्टि प्रो र पि ट्वान्टि लाईट सिरिजलाई अनलाईन मार्फत् अन्तराष्ट्रिय बजारमा ल्याउने सोचाई बनाएको छ । यसका लागि हुवावेले अमेजनलाई पहिलो प्राथमिकतामा राखेको छ ।

अमेजनमा ‘कमिङसुन’ भनेर राखिएको यो मोडलको स्पेसिफिकेसनलाई मात्र सार्वजनिक गरेको छ । मुल्य भने खुलाईएको छैन । यसपटक सार्वजनिक गर्न लागेको पि ट्वान्टि प्रोमा एण्ड्रोइड ८ दशमलब १ ओरियोमा आधारित रहेको छ । यो मोडल ईएमयूआई ८ दशमलब १ मा चल्छ । ६ दशमलब १ ईन्चको स्क्रिन रहेको यो सेटको स्क्रिन फुल एचडी र फुल भ्यू रहेको छ । यसको स्क्रिनको रिजोलुसन १०८० ह २२८० रहेको छ ।

हाईसिलिकन किरिन ९७० प्रोसेसर रहेको यो सेटमा ६ जिवी र्‍याम र १ सय २८ जिवी इन्टरनल स्टोरेज रहेको छ ।

पि ट्वान्टि प्रोमा तिनवटा रिअर क्यामेरा रहेको छ । थ्रिएक्स अप्टिकल जुम रहेको यो सेटको ३ वटा रिअर क्यामेरामा एउटा ८ मेगा पिक्सेलको रहेको छ भने अर्को ४० मेगा पिक्सेलको आरजिबी सेन्सर भएको र अर्को २० मेगापिक्सेलको रहेको छ ।

यस्तै पि ट्वान्टि लाईटमा इएमयूआई ८ रहेको छ भने यसमा पनि ओरियो एण्ड्रोइड अपरेटिङ सिस्टम रहेको छ । ६ दशमलब १ ईन्चको स्क्रिन रहेको यो सेटको स्क्रिन पनि फुल एचडी र फुल भ्यू नै रहेको छ । यसको स्क्रिनको रिजोलुसन १०८० ह २२४० रहेको छ ।

यसमा हाई सिलिकन ६ सय ५९ प्रोसेसर रहेको छ । यसको र्‍याम ४ जिवी रहेको छ भने इन्टरनल स्टोरेज ६४ जिवी रहेको छ ।
यो सेटमा २ वटा रिअर क्यामेरा रहेको छ । एउटा क्यामेरा १६ मेगापिक्सेलको रहेको छ भने अर्को २ मेगा पिक्सेलको रहेको छ ।

Logo